arrow

अबैध हतियारसहित भारतीय नागरिक पक्राउ

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २९ आइतबार
pakrau_manish.JPG

गुलरिया । बर्दिया प्रहरीले हातहतियार कारोवारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्लाका २० वर्षीय सलमान खानलाई आइतबार विहान ११ बजेको समयमा पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको ३१ एआर ६८२६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा गुलरिया नगरपालिका १० कालाबन्जरस्थित गडरिया चोकमा मोटरसाइकल सहित खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका खानबाट कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली १ थान, नेपाली र भारतीय गरी २९ हजार ७९६ रुपैयाँ र लागूऔषध जस्तो देखिने खैरो धूलो पदार्थ ३ ग्राम फेला परेको मैनालीले जानकारी दिए । जिल्लाप्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएका खानमाथि मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ