arrow

दार्चुलाका सबै स्थानीय तहमा बैंक सेवा

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष २९ आइतबार
bank-.jpg

दार्चुला। दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारको देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्यअनुसार दार्चुलाका सबै स्थानीय तहमा बैंक स्थापना गरिएका हुन्।

जिल्लाको सबैभन्दा विकट अपिहिमाल र व्याँस गाउँपालिकामा माछापुच्छ्रे बैंक, दुहुँ गाउँपालिका इन्भेष्टमेन्ट बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंक, लेकम गाउँपालिकामा लक्ष्मी बैंक र मार्मा गाउँपालिकामा सनराइज बैंक, नौगाड गाउँपालिकामा जनता बैंक, शैल्यशिखर नगरपालिकामा महालक्ष्मी, मेघा र जनता बैंकका शाखा स्थापना भएका छन्।

जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा रहनुको साथै कृषि विकास बैंक लगायतका शाखाहरुबाट पनि बैंकिङ कारोबार भइरहेका छन्।

स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयसँगै व्यक्तिगत कामका लागि समेत सहयोग पुगेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले बताए। उनले भने, ‘विकट गाउँपालिकाको क्षेत्रमा बैंक स्थापना भएपछि स्थानियहरुलाई सजिलो भएको छ। बैंकका लागि ३/४ दिन हिडेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’

‘गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्न सदरमुकाम पठाउनुपथ्र्यो। गाउँपालिकामै बैंक स्थापना भएपछि हामीलाई सजिलो भएको छ’, गाउँपालिका अध्यक्ष बुढाथोकीले भने। अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले भने, ‘इन्टरनेटको अभावमा कामकाज गर्न धेरै समस्या थियो। बैंक स्थापना भएपछि खाता सञ्चालन गर्न सजिलो भएको छ। सरकारले २०७४ साउनमै सबै स्थानीय तहमा बैंक पुर्‍याउने भने पनि दार्चुलामा डेढ वर्ष ढिलो गरी बैंक स्थापना गरिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ