arrow

२८ किलोमिटर नहरलाई ३९ करोड

logo
सीता डोटेल,
प्रकाशित २०७५ पुष ३० सोमबार
pradeshka_mantri_5.jpg

पाल्पा । पाल्पाको सबैभन्दा लामो नहर रामपुर फाँट सिचाइ आयोजनाका लागि ५ नं प्रदेशका भौतिक पूर्बाधार योजनामन्त्री बैजनाथ चौधरीले ३९ करोड रकम सहयोग गर्ने बताएका छन् । 

रामपुर क्षेत्रको विभिन्न स्थल अबलोकन तथा नहरको अनुगमनमा आउनुभएका मन्त्री चौधरीले पुरानो नहर भएकाले मर्मत र व्यवस्थित सिंचाइ गर्न रकम सहयोग गर्ने बताएका हुन् । 

रामपुरको रामपुर फाँट सिंचाइ आयोजनाबाट बहुआयामिक काम भैरहेको भन्दै उनले प्रदेश सरकारले रकम सहयोग गर्ने बताए । रामपुर क्षेत्रको विकासमा उक्त सिंचाइ योजनाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले सहयोग गर्न तयार रहेको बताए । 

सिंचाइ कार्यालय रामपुरमा भएको कार्यक्रममा सिंचाइ आयोजनाका अध्यक्ष हिरण्यराज रेग्मीले बजेट माग र नहरको अबस्था तथा आवश्यकताका बारेमा प्रतिबेदन पेश गरेका थिए । 

२० हजार जनसंख्याले नहरको पानी उपभोग गर्ने  ७ सय ७० हेक्टर जमिनलाइ समेटेको योजना पुन निर्माण गर्दा थप १२ सय हेक्टर र २२ किलोमिटरको कुलो बन्ने बताए । 

विस २०४६ सालमा उद्घाटन भएको नहर रामपुर ३,४,५,६ र ७ नम्बर वडामा सिंचाइ गर्ने प्रमूख स्रोत बनेको छ । यस आयोजनाको आफ्नै भबन द्वन्द्वका समयमा क्षतिग्रस्त भएको थियो । सामान्य मर्मत गरिएको सो भवनमा सिंचाइ कार्यालयसंगै बिशेष नापी कार्यालय बस्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ