arrow

रामपुरमा १६ वटा पाराग्लाइडिङ उडान 

logo
सीता डोटेल,
प्रकाशित २०७५ पुष ३० सोमबार
paragliding.jpeg

पाल्पा । पाल्पाको रामपुरमा जारी दोस्रो रामपुर महोत्सवको मुख्य आकर्षण पाराग्लाइडिङ सोमबारदेखि उडान हुँदैछ ।

गिनिज बुकमा नाम रेकर्ड गराउन सफल अन्तर्राष्ट्रिय पाइलट सानुबाबु सुनुवारको नेतृत्वमा १६ वटा पाराग्लाईडिङ उडानको तयारी भइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । 

महोत्सवस्थलमा झण्डै दिउँसो १ बजे पाराग्लाइडिङबाट पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । कालीगण्डकी रामपुर उपत्यकाको मौसमका कारण विहानमा पाराग्लाइडिङ उडान भर्न नसकिने र दिनमा दैनिक १६ वटा पाराग्लाइडिङबाट सेवा दिन तयार रहेको पाराग्लाइडर सुनुवारले बताए । 

रामपुर क्षेत्रमा पाराग्लाइडिङको संभावना अध्ययनका लागि पनि बिश्वमा नै चर्चित पाराग्लाइडरको टिम आएको हो । महोत्सवका लागि शुरुमा १० वटा पाराग्लाइडिङ ल्याउने सम्झौता गरेकोमा ६ वटा थप गरेको हो । 

 रामपुर नगरपालिका वडा नम्बर ७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका १ को सिलुवाबाट मेलाको चौथो दिन पाराग्लाइडिङ उडानको तयारी भैरहेको संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले बताए । 

बाहुनडाँडाबाट उडेको पाराग्लाईडिङ रामपुर ८ को रानीवास खेतमा अवतरण गर्नेछ भने सिलुवाबाट उडेको पाराग्लाईडिङले महोत्सव स्थलमा पुष्पगुच्छा अर्पण गर्दै पर्यटकिय तालपोखरामा अवतरण गर्ने कार्यक्रमको तयारी भइरहेको संघका महासचिव पुरुषोत्तम केसीले बताए ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा गत पुष २७ गते देखि जारी महोत्सव आउँदो माघ ८ गते सम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ