arrow

नापी कार्यालय धनुषाका कर्मचारीहरुको यस्तो मिलेमतो

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
napi-dhanusa.jpg

धनुषा । नापी कार्यालय धनुषाका कर्मचारीहरुको मिलेमतोमा ऐतिहासिक तथा पौराणिक धरोहर गंगासागर पोखरीको अस्तित्व समाप्त पार्ने चलखेल भएको छ । पोखरीको डिल १० धुर हुनुपर्नेमा लाखौंको चलखेल गरि डिलनै गायब गरिएको नयां नक्साले देखाएको छ ।

नापी कार्यालयको सि.नं. १५५६।२१ र किता नं. ४ पुरानो नापीमा १० धुर डिल रहेको सो पोखरीको नयां नक्सामा सो नदेखिएपछि स्थानीयहरु आश्चर्य चकित भएका छन । मोटो रकमको चलखेल गरी  नापी कार्यालयको कर्मचारीहरुको मिली भगतमा यस्तो हुन गएको नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सत्रुधन प्रसाद यादवले स्वीकार गरेका छन ।

उनले भने 'नापी कार्यालयका कर्मचारीबाट यस्तो गलती भएको हो र आफु सो कर्मचारी पता लगाएर कारवाही गर्छु । पहिलाको नक्सामा एस चिन्ह नदेखिए पनि नयां नक्सामा एस चिन्ह देखिएपछि शंका लागेपछि अनुसन्धान गर्दा यस्तो रहस्य बाहिर आउन गएको हो ।'   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ