arrow

चेली बेटीको तिहार हो माघी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष ३० सोमबार
magi_3.jpg

बझाङ। नेपाली हिन्दुहरुको महान चाड दशै तिहार जस्तै सुदूरपश्चिम प्रदेशमा मनाईने माघी संक्रान्ती पर्वको रौनक यतीखेर बझाङ जिल्लामा पनि छाँएको छ । जिल्लाका सदरमुकाम चैनपुर लगायत बिभिन्न स्थानिय ब्यापारिक केन्द्रमा माघीका लागी चाहिने सामानहरु किनमेल  गर्ने मानिसहरुको भिडभाड सुरु भएसंगै माघीको रौनक छाएको हो  ।

 जिल्लाका बिभिन्न स्थानीय ब्यापारिक केन्द्रहरुमा खाध्य बस्तुहरु , लुगा कपडाहरु किनमेल गर्नेहरुको भिडभाडहरु बढेको छ । माघको महिना बिषेस गरि महिलाहरु लाई अन्नी फाको दिने चलनले प्रायजसो यो पर्वमा महिलाहरु बढी उत्साहित हुने गर्दछन् ।  पुस मसान्तीको राती स्थानिय परिकारहरु सेल , बाबर , मासु , तरुल , चुकानी पकाएर खाने प्रचलन छ । गाउँ घरका छोरी बहिनीहरु माघीको  दिन माईती घरमा आएर दुई तिन दिन सम्म मिठा मिठा भोजनहरु खाएर माइतमा नै देउडा खेल्ने चलन छ ।  हिन्दु धर्मालम्बीहरुले माघ एक गते संक्रान्तीका दिन घरको दैलो लिपपोत गरि स्थानीय धार्मिक स्थलमा स्नान गरेर बर्त बस्ने चलन समेत रहेको छ ।  । साथै सोही दिनको बिहान छोरी बहिनीहरु लाई सगुन रोटी दिनुका साथै दक्षिणा दिने प्रचलन रहेको स्थानिय बाह्मण कुलदेब जोशीले बताउनुभयो  । उहाँले भन्नुभयो, सोही दिन स्थानीय पानीका मुहान नजीकै मुडाहरु  बाल्ने र नुहाई सकेपछि आगो ताप्ने गरिन्छ ।    

  प्रायजसो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा माघ महिना भरी छोरी बहिनीहरु माईत लाई मिठो खानेकुरा (अन्नी,फाको ) दिने चलन छ । माघी पर्वका लागी सामान किनमेल गर्न सदुमुकाम चैनपुर आएकी जयपृथ्बी नगरपालिका की पार्भती सिंहले भन्नुभयो, माघी पर्व हामी चेली बहिनीको तिहार वर्षभरीको दुख मेटाउने वर्ष  । यो वर्षमा छोरीबेटीहरु लाई खानेकुरा (अन्नी फाको बबर) दिने चलन हुन्छ भने  नाक कानहरुमा गरगहना लगाउन सियोले प्वाल पार्ने पनि चलन छ   । उहाँका अनुसार माघको दुई गते उत्रायणका दिनमा गाउँका चेली बहिनीहरु सामुहिक रुपमा एकै स्थानमा भान्सा बनाएर मासको खिचडी खाने पनि गर्दछौ  । यसका साथै यो दिनमा काम काज गरे उत्रन्छ भन्ने बिश्वासका साथ महिलाहरु कुनै पनि काम नगर्ने । महिलाहरु आराम गर्ने , साँझपख र रात भरी देउडा खेलेर रमाईलो गर्ने गरिन्छ । केटी माग्न जानेहरुका लागी माघेसंक्रान्तीको दिन शुभदिन मान्ने भएकाले यो दिनमा केटी मग्नी पनि हुने गर्दछ ।

माघी पर्वका लागी गाउँ गाउँबाट  तरुलहरु ल्याएर बजारमा बिक्री गर्ने र तरुल लगायत तिहारका लागी आबस्यक सामान किन्न सोमबार पनि चहल पहल निकै बढेको थियो  । माघको एक गते बझाङको तल्कोट गाउँपालिको तपोवन क्षेत्र, जयपृथ्बी नगरपालिकाको रिसीकुण्ड क्षेत्र,बुंगल नगरपालिकाको त्रिबेणी क्षेत्र, खप्तडछान्ना गाउँपालिकाको भंकेनी क्षेत्र, दुर्गाथली गाउँपालिकाको मोरीबगरको शिब मन्दीर लगायत जिल्लाका बिभिन्न धार्मिक स्थलहरुमा स्नान गर्ने र मेला लाग्ने गर्दछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ