Skip

प्रहरीको कुटाइबाट सोम र कृष्ण घाइते 

प्रकाशित मिति : २०७५ माघ २ बुधबार

बागलुङ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । 

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । 

आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । “घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ,” घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले भनिन् ।

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । दोषी देखिए कारवाही गरिने उनको भनाइ छ । 

नयाँ