arrow

खर्वाङ्गदेखि काठमाडौंसम्म सिधा माइक्रो बस सेवा सुरु

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ २ बुधबार
hais_bass.jpg

गुल्मी । बालुङ्गको खर्वाङ्गदेखि काठमाडौंसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस बस सेवा मंगलबारदेखि सुरु भएको छ ।

बडिगाड गाँउपालिका २ खर्वाङ्गबजारदेखि काठमाडौंसम्मका लागि दैनिक रुपमा विहान साढे सात बजे दैनिक एउटा माइक्रो हाइस बस सेवा संञ्चालनमा आएको माइक्रो हाइस बस खर्वाङ्ग काउन्टर इन्चार्ज डिल श्रीसले जानकारी दिए ।

बस काउन्टरका इन्चार्ज श्रीसले भने जनतालाई प्रभावकारी सेवा दिनका लागि आजदेखि नियमित रुपमा खर्वाङ्गदेखि नै  दैनिक काठमाडौंसम्मका लागि माइक्रो हाइस बस सेवा संञ्चालन आएको हो ।

खर्वाङ्गदेखि काठमाडौंसम्मका लागि दिवा सेवामा माइक्रो हाइस बस सेवा संञ्चालनमा आउन थालेपछि स्थानीयहरु निकै हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ