arrow

प्राविधिक शिक्षालाई अनिवार्य शिक्षा बनाउनु पर्छ : कांग्रेस नेता भूषाल

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ ३ बिहिबार
damodar.jpg

गुल्मी। नेपाली कांग्रेसका युवा नेता दामोदर भूषालले प्राविधिक शिक्षालाई अनिवार्य  र सबैलाई दिलाउने शिक्षा हुनुपर्ने बताएका छन् । मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा बुधवार आयोजना मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सवको तयारी गर्न जुटेको एक भेलामा बोल्दै नेता भूषालले यस्तो बताएका हुन ।

साथै कांग्रेस नेता भूषालले हाम्रो शिक्षाले जिवन निर्वाहका लागि चाहिने आभारभूत सीप समेत प्रदान गर्न नसक्दा जिवन बाँच्नका विदेशिनु पर्ने बाध्यता रहेकोले अव प्राविधिक शिक्षालाई अनिवार्य शिक्षा बनाउन नसके अझ युवा पुस्ताहरु बाहिरिने शिक्षामा परिर्वत हुनु जरुरी रहेको बताए ।

कांग्रेस नेता भूषालले भने,व्यवसायिक कृषि शिक्षा प्रदान गर्ने उद्देश्य नेपालको सन्दर्भमा सान्दर्भिक भएको यस्तो व्यवसायिक कृषि शिक्षाको अभियानलाई स्थानीय र केन्द्रीय सरकारले सहयोग गनुपर्ने बताए ।

नेपालमा प्राकृतिक श्रोतमध्ये सबैभन्दा बढि भएको श्रोत माटो भएकोले हामीले माटो,वायु र भूगोलको ज्ञान नहुदा बाँच्नका लागि  हाम्रो पुस्ता हामीबाट टाढिएको र विदेशिएले शिक्षामा परिर्वतन गरे मात्र जिवन बाँच्नका लागि मात्र विदेशिनु नपर्ने बताए ।

साथै कांग्रेस नेता भूषालले विद्यालयले सहि समयमा सहि निर्णय गरेर महान कार्यको थालनी गरेकोले मुसिकोट बाहिर रहेका मुसिकोटवासीहरुलाई यस अभियानमा जोडेर अगाडी बढ्न आग्रह गदै कार्य सफलाको शुभकामना सहित विद्यालयका सम्पूर्ण सरोकारवालाई धन्यवाद दिए ।

गुल्मी साविको क्षेत्र नं. ३ का नेपाली कांग्रेसका पूर्व  क्षेत्रीय सभापति समेत रहेका भूषालल भने पछिल्लो समयमा युवा शक्तिहरु बैदेशिक रोजगारमा निकै आकर्षित भइरहेको अवस्थामा प्राविधिक कृषि शिक्षा लागू गरेर युवा पुस्ताहरु आफ्नै गाँउठाँउमा केही गर्नसक्ने  वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ