arrow

धनकुटावासीले आजको दिनलाई मनाए 'कालो दिन'

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
dhankuta.JPG

धनकुटा । गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १ को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यत्र तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको विरोधमा  आजको दिनलाई धनकुटाबासीले कालो दिनको रुपमा मनाउदै खोसिएको अधिकार फिर्ता  ल्याउन लागी आन्दोलन गर्ने उद्घोष गरका छन । 

तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश नम्वर १ को अस्थायी मुकाम नतोकी विराटनगरमा गतबर्ष तोक्ने तत्कालिन सकारले निर्णय गरेकोमा आजको दिनलाई धनकुटाबासीले सडकमा नाराजुलुस गर्दै कालो दिनको रुपमा  मनाएका हुन ।
 
धनकुटाको मदन चौकबाट शुरु भएको विरोध र्‍याली धनकुटाबजारको विभिन्न भागहरुको परिक्रममा गरी मदन चौकमा भएको विरोध सभामा प्रदेश नम्वर १ का सांसद आर सी तुम्बाले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन अब प्रदेश सभा भित्रनै आन्दोलन गर्ने चेतावानी दिए ।

धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समिति धनकुटाका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा नेकपाका जिल्ला सदस्य तथा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तुतिङ्ग,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,राष्टिय जनमोर्चाका अध्यक्ष तुलमान राई लगायतले धनकुटाको लागी आजको दिन कालो दिन भएकाले अव धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाएर कालो दिनलाई मेट्ने वताउदै त्यसका लागी धनकुटा प्रदेश नम्वरको १ को राजधानी नभएसम्म आन्दोलन जारी रहने वताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ,आदीवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल निर्माण व्यावसायी संघ धनकुटका अध्यक्ष अर्जुन केसी,नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष सन्तवीर लामा,अभियान्त सुजनभाई जोशी,सत्यनारायण श्रेष्ठ,सुनिल कुमार डंगोल,कविन्द्र अधिकारी ,मञ्जु पौडेल लगायत धनकुटब बजार वासीहरु,पत्रकारहरु,नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।

आज देखी शुरु भएको अभियान धनकुटालाई १ नम्वर प्रदेशको प्रादेशिसक राजधानी निर्णय नगरेसम्म आन्दोलन सशक्त रुपमा जारी रहने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ