arrow

सामुहिक करणी गर्ने चार युवक पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ ३ बिहिबार
samuhik-karani.jpg

स्याङ्जा ।  बिरुवा गाँउपालिकाकी १६ बर्षिय वालिकालाई सामुहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । टेलिफोनबाट सम्पर्क गरि ललाई फकाई नजिकैको गाँउपालिका ५ स्थित छेउडाडामा बोलाएर डर धम्की समेत देखाई वालिकालाई सामुहिक करणीपछि उनीहरु भागेका थिए ।

घट्नाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गर्ने मोटरसाईकलसहित पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिए । माघ १ गते राती बालिकालाई सामुहिक बलत्कार गरेको खुलेको छ ।

पक्राउ पर्नेमा जिल्ला तनहु शुक्लागण्डकी ४ बस्ने प्रशान्त थापा, सोही ठाँउ बस्ने विजय श्रेष्ठ र अन्जन श्रेष्ठ, सिन्धुली जिल्ला पिपलमाडी गाँउपालिका ३ घर भई सोही स्थानमा बस्ने बिक्रम राई रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गर्ने ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्वरको मोटर साईकल समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको जनाएको छ । प्रशान्त थापा सगँ टेलिफोनमा कुराकानी भइरहने र सो दिन आफु सहित साथीहरु समेत लिएर गई उनी माथी करणी गरेको प्रहरी जनाएको छ ।
 
यता प्रहरीले बहुविवाह मुद्धा फैसलाले १ बर्ष कैद र पाँच हजार जरिवाना तोकिएका अभियुक्त १३ बर्ष पछि पक्राउ परेको प्रहरीले जनाएको छ । पुतलीबजार नगरपालिका १३ घर भई हाल रुपन्देही मंगालापुरमा लुकिछिपी बसेका आत्मप्रसाद श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई २०६२ साल बैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले कैद र जरिवाना समेत तोकेको थियो । पौष २९ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतमा पेश गरी कैद र जरिवाना असुल उपरका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ