arrow

वडाध्यक्षले दिए तलव र भत्ता विद्यार्थीलाई

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
bhupendra-khatri.jpeg

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सबै तलव सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खर्चिने भएका छन् । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले आफ्नो सबै तलव तथा भत्ता विद्यार्थीको शिक्षाका लागि खर्चने भएका हुन् ।

वडामा रहेका दुई सामुदायिक विद्यालयमा अधययनरत विद्यार्थीहरुका लागि उक्त रकम सहयोग गर्ने घोषणा खत्रीले गरेका छन् । नेपाल सम्वृद्धितर्फ उन्मुख भईरहेको बेलामा जनप्रतिनिधिहरुको समेत दायित्व थपिएको र निःस्वार्थ सामाजिक सेवाको रुपमा काम गर्ने उदेश्यले आफूले पाउने तलव र भत्ता विद्यार्थीहरुलाई दिएको खत्रीले जानकारी दिए । नगरपालिकाका बैठकमा प्राप्त हुने भत्ता समेत विद्यार्थीहरुकै लागि सहयोग गर्ने खत्रीको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिका–३ मा हाल दुई सामुदायिक विद्यालयहरु छन् । जगननाथ आधारभुत विद्यालय र हरिडिलभूमि आधारभुत विद्यालय, यि दुई विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अध्यक्ष खत्रीले सहयोग गर्ने भएका हुन् । उनले हस्तान्तरण गर्ने तलव र भत्ता अक्षय कोष स्थापना गरेर दुई विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरुको शिक्षाका लागि प्रदान गरिने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ