arrow

दुई झोलुङगे पुलको शिलान्यासमा भेटिए रामहरी

logo
प्रकाशित २०७५ माघ ५ शनिबार
ramhari-khatiwada1.jpg

ओखलढुङगा। चुनावी प्रचार प्रसारको बेला गरिएका बाचाहरु धमाधम पुरा गर्न पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडा अहिले ओखलढुङगाका गाउँगाउँमा भेटिन थालेका छन्।   

चुनाव प्रचार प्रसारको बेला बलखुमा भएको आमसभालाई सम्बोधन गर्दै त्यस क्षेत्रको जनताको लागि अतिनै आवश्यक रहेको गोठचौरघाट र जेरुङघाट जाने झोलुङे पूल निर्माण गरेरै छाड्ने प्रतिवद्धता अनुरुप खतिवडाले सो पुलको शिलान्यास गरेका छन्। 

त्यही अनुरुप गोठचौरघाट बलखु ओखलढुङ्गा र खाङ्साङ् सिन्धुलीको ३२१ मिटर लामो झोलुङे पुल र जेरुङ्घाट बलखु ओखलढुङ्गा र तिन्खन्डे सिन्धुली १८२ मिटर लामो झोलुङे पुलको खतिवडाले शिलान्यास गरेका हुन्। 

'चुनावको दिन कांग्रेस र कम्निष्ट हौ अरु बेला बिकास निर्माणमा एकजुट भएर लागौ ' खतिवडाले भने ' यो बन्दै गरेको पुलमा कम्युनिष्ट कांग्रेस सबै हिड्नु पर्छ।'

त्यस्तै गरी युवा नेता डा राजेश राईले झोलुङे पुलले स्थानियहरुको जीवनस्तरलाई उकास्नलाई ठुलो मद्धत पुग्नेमा विश्वास व्यक्त गरे। ऐतिहासिक जेरुङघाटको लागि पहल गरेर पुल निर्माण गरेकोमा पूर्व सांसद खतिवडालाई राईले धन्यवाद दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ