arrow

खाँडले भनेः सचिव कुट्ने मन्त्रीलाई कार्वाही खोई?

logo
निरंजन साह
प्रकाशित २०७५ माघ ५ शनिबार
balkrishna_khad11.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नम्बर दुईमा सचिवमाथि गरेको कुटपिट मन्त्रीलाई कारबाही गर्न माग गरेका छन्।

‘कर्मचारीले खराब काम गरे कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ,’ काठमाण्डौंस्थित नेपलिज फेसन होमले शनिबार धनुषाको लक्ष्मीनिया गाउँपालिकाको गजरियामा आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै खाँणले भने, ‘सचिवलाई मन्त्रीले कुटपिट गर्ने कार्यले लोकतन्त्रको उपहास गरेको हो । यस्तो मन्त्रीलाई कारबाही  हुनपर्यो।
 
‘प्रदेश नम्बर दुई को सरकारले हुकुमी शासन लाद्न खोजे जस्तो छ,’ पूर्व रक्षामन्त्रीसमेत रहेका खाँणले भने, ‘ जनताको शासनमा कर्मचारीमात्र होइन, कसैले कसैलाई  कुटने अधिकार पाएको छैन्। कुटपिट गर्ने  मन्त्रीले सचिवको मानवअधिकार हनन् गरेका छन्।’ 

राणातन्त्र, राजतन्त्रजस्ता तानाशाही शासनको अन्त्य भइसकेको स्मरण गराउँदै यस्तै व्यवहार रहे जनताले बाहिर फ्यालिदिने खाँणको चेतावनी थियो।

‘नेपलिज फेसन होम’ की अध्यक्ष हेमा मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्ब खानेपानी तथा सरसफाइ मन्त्री  महेन्द्र यादव, जिल्ला उसभापति सन्तोष यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा लक्ष्मिनिया गजरियाका करिब तीनसय विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ