arrow

सूचनामैत्री बन्दै माथगढी गाउँपालिका

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ ६ आइतबार
mathagadi_gapa.jpg

पाल्पा (माथागढी) । जिल्लामा रहेका आठ गाउँपालिका र दुई नगरपालिकाहरुले आ–आफ्नै ढंगले कार्य सम्पादन गर्दै आएका छन् । संविधानमा स्थानीय तहहरु  सूचनामैत्री र पारदर्शी हुनुपर्ने भनिए ता पनि  कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाउने गरेको पाईन्छ ।

सूचना र प्रविधिको प्रयोग नगरेकै कारण केही स्थानीय तहहरुले तर्जुमा गरेका नीति तथा  कार्यक्रम,विकास निर्माणका कामहरु सहजै रुपमा जनतलाले थाहा पाउन सकेका छैन । स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी नभएका गुनासाहरु आइरहेका बेला माथागढी गाउँपालिकाले गाउँपालिकामै पहिलो पटक मोवाइल एप र अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीहरुलाई सूचनामैत्री र पारदर्शी बनाउन भन्दै गाउँपालिकाले मोवाइल एप र अडियो सूचना वोर्ड सञ्चालनमा ल्याएको हो । जिल्लामै  पहिलो पटक तानसेन नगरपालिकाकले मोवाइल एप सञ्चालनमा ल्याए पनि गाउँपालिकामा  भने पहिलो पटक माथागढीले ल्याएको छ ।  गाउँपालिकाको चौथो गाउँसभाबाट मोवाइल एप र अडियो सूचना वोर्डको शुभारम्भ गरेको हो ।

सेवाग्राहीमा सूचनाको हक सुनिश्चित गर्नुको साथै गाउँपालिकाले सञ्चालन गरेका विकास निमार्णका कामहरु पारदर्शी बनाउन मोवाइल एप र सूचना वोर्ड सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले प्रविधिको बढ्दो प्रयोग सँगै सेवाग्राहीमा छिटो र सहज रुपमा सूचना प्रवाह गर्ने जानकारी दिए ।  अध्यक्ष थापाले जनताले आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि बनाएकाले आफु सधै  जनताप्रति उत्तरदायी, जवाफदेही र पारदर्शी बन्ने बताए ।

 लामो समयदेखि जनप्रतिनिधि विहिन रहेको स्थानीय तहका गतिविधिहरु अब पारदर्शी र जनमैत्री बनाउन  गाउँपालिका लागि परेको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताईन् ।  गाउँपालिकाका हरेक गतिविधिहरुलाई जनता समक्षा पुर्‍याउन सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार नेपालीले जानकारी दिए ।  कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाएर काम गर्दा भ्रष्टाचार र अनियमिता मौलाउँदै गएको अवस्थामा गाउँपालिकाले ल्याएको मोवाइल एप र सूचना वोर्ड  महत्वपूर्ण सावित हुने नेकपा माथागढी गाउँपालिकका सचिव तेज घर्तिले बताए ।  नेपाली काँग्रेस माथागढीका बालकृष्ण जिसीले स्थानीय तहहरु सूचनामैत्री र पारदर्शी  नहुँदा  विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेका बेला गाउँपालिकाले सञ्चालनमा ल्याएका सूचना प्रविधिको प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ