arrow

सामुदायिक वनबाट विकास

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ माघ ७ सोमबार
ban.jpg

कपिलवस्तु ।  स्थानीय स्तरमा समुदायमा हस्नातराण भएका सामुदायिक वनहरुले विकासमा टेवा दिने सरोकारवालाहरुले बताएका छन् । आर्दश सामुदायिक वन उपभोत्ता समुह बुद्धभुमी १ को नवौं साधारण सभामा वोल्ने सरोकारवालाहरुले वनको संरक्षण र विकास गरेमा वनले विकास दिने बताएका छन् ।

कार्यक्रममा वोल्दै बुद्धभुमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वनको विकास र संरक्षण गरेमा वनको आम्दानीले स्थानीय क्षेत्रको विकास हुने बताए । सामुदायिक वनको आम्दानीले  समुदायका नागरिकहरुको विकासमा टेवा दिनुको साथै आयआर्जन गरी आर्थिक रुपमा समेत वलियो हुने श्रेष्ठले बताए ।

 सो अवसरमा वोल्दै सामुदायिक वन उपभोत्ता महासंघ कपिलवस्तुका अध्यक्ष होमनाथ भट्राइले सामुदायिक वनको कारण वनसंरक्षण र वन बाट आम्दानी र स्थानीय समुदायको विकास भएको हुंदा सामुदायिक वन क्षेत्रलाई सरकारले थप सहयोग गर्नुपर्ने बताए । त्यस्तै बुद्धभुमी नगरपालिका वडा नं १ का अध्यक्ष तेज बहादुर वस्नेतले वडा भित्र १२ वटा सामुदायिक वन भएकोले वनहरुले वातावरण संरक्षणका साथै स्थानीय क्षेत्रको विकासमा बाटो, विद्यालय, गरिव जेहन्दारलाई आर्थिक सहयोगको क्षेत्रमा काम गरेको बताए । नगर वन समन्यव समितिका अध्यक्ष वलराम भुषालले स्थानीय सरकार संग मिलेर सामुदायिक वनहरुले थप विकास र वातावरण संरक्षणमा योगदान दिने बताए ।

कार्यक्रममा आर्दश सामुदायिक वन उपभोत्ता समुह बुद्धभुमी १ का अध्यक्ष राम नरेश थारुले सामुदायिक वनले गरेका काम र आगामी वर्षको लागी योजना पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष बुद्धिराम चौधरीले  आर्थिक वर्ष २०७४।७५ को वनको ७५  लाख  ५० हजार बरावरको आयव्याय पेश गरेका थिए । कार्यक्रममा २ दर्जन बुद्ध तथा ४ जना अपांगता भएका व्यात्तिहरुलाई आर्थिक सहयोग र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

इश्वर पुनको संचालनमा भएको साधारण सभामा सेक्टर वन कार्यालयका फरेष्टर स्लाम अली गद्धी, सिर्दाथ स्मारक माविका अध्यक्ष डिलाराम पौडेल , वडा सदस्य  इश्वरी प्रसाद खनाल लगायतले  सामुदायिक वनको सफलताको लागी शुभकामना दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ