arrow

प्रधानमन्त्री ओलीको गृहजिल्लाका सामुदायिक विद्यालयहरुमा चरम बेथिति 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
Jhapa_District.png

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालयमा प्रधानाध्यापक बिष्णुकान्त झालाई दलीय आधारमा पदमुक्त गरेर नगरपालिकाले आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको छ ।

साथै उक्त गल्तीलाई तुरुन्त नसच्याए कडा आन्दोलन आन्दोलन गर्ने चेतावनीसमेत दमक कांग्रेसले दिएको छ ।

सामुदायिक विद्यालयमा ब्यबस्थापन समितिको नाममा हुँदै आएको बेथितिलाई निर्मुल पार्नु आवस्यक रहेको सरोकारवालाहरु बताउँदछन्  ।

झापाका सम्पुर्ण स्थानिय निकायभित्र रहेका सामुदायिक विद्यालयका  ब्यबस्थापन समितिहरु खारेजी गरी एक स्वतन्त्र नगर र गाउँ स्तरिय विद्यालय अनुगमन तथा निर्देशन समिती गठन गर्न अभियान चलाउन र आन्दोलन मार्फत सामुदायिक विद्यालयको बेथिति हटाउन आवस्यक रहेको नेपाली कांग्रेस छेत्रीय सभापति ढुन्डीराज भन्डारीले बताए ।

 साथै गौरादह र गौरिगन्ज गाउपालिकाका सामुदायिक विद्यालयमा आर्थिक हिनामिना गर्ने, विभिन्न बहानामा  शिक्षकहरुको तलब कटौती गरि राख्ने र विद्यालयमा मनोमानी गरि  कानुनको धज्जी उडाउने प्रधानाध्यापकहरुलाई चेतावनी गर्दै आफ्ना गल्तीहरु तत्काल नसच्याएमा प्रधानाध्यापकको पदबाट बर्खास्त गराइ कानुनको कठघरामा उभ्याउने अभियान सुरु गर्न जरुरी रहेकाले झापा जिल्लाका सम्पुर्ण उर्जाशिल शिक्षकहरुलाई एकजुटसमेत हुन अनुरोध गरिएको छ ।

यस महत्वपूर्ण अभियानमा साथ र सहयोग गर्न झापा जिल्लाभरका नागरिक समाज, सरोकार मंच, आम पेशागत शिक्षक संघ, संगठन,  महासंघ लगायत पेशागत ट्रेड युनियन अभिभावक संघ र सम्पुर्ण सम्बद्द र सरोकारवालाहरुलाई यस विषयमा गम्भीर हुन अनुरोधसमेत गरेको छ ।

साथै योग्यता नभएका शिक्षकहरुलाई माथिल्लो तहमा अध्यापनको जिम्मेवारी दिइएकोले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कदै गएको समेत पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ