arrow

तीन कार्यालय एउटै भवनमा, कुर्सी एक हाकिम तीन

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
ilam_district_map.png

इलाम ।  साविक जिल्ला खानेपानी तथा सरसफाई कार्यालयमा सोमवार पुग्दा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुल कुमार लाल दास परिषरमा घाम ताप्दै थिए ।  उत्तीनै बेला भेटिएका प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयका प्रमुख सुमन कुमार मिश्र आफ्नो नेमप्लेट सहितको चियर छाडेर अर्को कूर्सीमा बसिरहेका थिए । सदरमुकाकम इलाम नगरपालिका ७ स्थित धोविधारामा रहेको यो कार्यालयमा सेवाग्राही भन्दा कर्मचारीको नै ओहोरदोहोर बाक्लो थियो ।

संघीय खानेपानीका विपुलले बस्ने ठाउँ नै नभएकाले परिषरमा वस्नु परेको प्रतिकृया दिए । शहरी विकासका प्रमुख सुमनले आफू सरहका कार्यालय प्रमुख बस्ने ठाउू नै नभएको अवस्थामा कुर्सीमा बस्न अप्ठेरो भएको जनाए । खानेपानी तथा सरसफाई डिभिजन १ पाँचथरको फिल्ड युनिटमा भेटिएका विनोद योञ्जन सानो एउटै कोठावाट कार्य सम्पादन गरिरहेको देखिन्थ्यो ।

मूलुक संघीय संरचनामा गएको लामो समय वित्दा पनि कार्यालायको व्यवस्थापनसम्ममा ध्यान नपुर्याएको अवस्थाले कर्मचारीमात्र हैन सेवाग्राहीलाई पनि प्रभाव परेको छ । यो कार्यालयमा रहेका ९ वटा कोठावाट संघ र प्रदेश अन्तर्गतका ३ वटा कार्यालयको काम सम्पादन भइरहेको छ । ‘यहाँसम्म आउदा चार ठाउँ परिवर्तन गरिसकेका छौं,’ शहरी विकासका समुनले भने, ‘२४ जना कर्मचारीले नियमित काम गर्नु पर्ने अवस्थामा २-३ वटा कोठावाट कसरी काम अघि बढाउने ।’

सहरी विकास अन्तर्गत मात्र ६० करोड रुपैयाँ भन्दा धेरैका योजना सम्पादन गर्नु पर्नेछ । चालु आर्थिक वर्षमा नै यतिधेरै काम गर्नु पर्ने जिम्मेवारी वोकेको कार्यालय प्रमुख कूर्सीमा नै बस्न सकेका छैनन् । चौतारीमा घाम ताप्दै भेटिएका प्रमुख विपुलको कार्यालय संघीय खानेपानी तथा ढल व्यवस्थापनले चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ वरावरको योजना सञ्चालन गर्नु पर्नेछ । आर्थिक वर्षको ६ महिनापछि पनि कार्यालयको टुङ्गो भएपछि कसरी काम सम्पादान गर्ने भन्ने चिन्ता उनलाई पनि छ ।

९ जना कर्मचारीले काम गर्नु पर्ने अवस्थामा आफै कार्यालय बाहिर वस्नु पर्ने अवस्थाले कसरी समयमा काम सम्पादन हुन्छ भन्ने चिन्ता उनमा छ । त्यस्तै खानेपानीकै पाँचथर डिभिजन अन्तर्गतको कार्यालयले पनि इलाम सदरमुकाममा खानेपानी अपूर्ती गर्दै आएको गिताङ सहितका जिल्लाका ठूला आयोजना हेर्ने दायित्व छ । कर्यालय भवन नै नभएका कारण समस्या आएको कर्मचारी वताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ