arrow

'निषेधित क्षेत्र' तोड्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
nsu-pradarsan2.jpg

काठमाडौं । दुई हप्तादेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको मागको बेवास्ता गर्दै दुई तिहाई बहुमतको आडमा संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेपछि सरकारको संसद भित्र मात्र नभइ सडकमा समेत विरोध भएको छ ।  कांग्रेस संसदहरुको प्रतिरोधपछि ११ गते सम्मको लागि संसद बैठक स्थगित हुदा संसद भवन बाहिरको निषेधित क्षैत्रमा नेविसंघले सडक प्रदर्शन गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले , उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी लगायतको नेतृत्वमा नेविसंघका नेताहरुले  निषेधित क्षेत्र तोड्दै संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।    प्रदर्शनका क्रममा प्रहरीले धरपकड गर्दा केहि विद्यार्थी नेताहरु समेत घाइते भएको विद्यार्थी नेता शुसील भट्टले बताए ।  नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारी लगायतका विद्यार्थीहरु घाइते भएका छन् ।  

प्रदर्शनपछि आयोजित कोण सभालाई महामन्त्री काफ्ले, उपाध्यक्ष सुवेदी विद्यार्थी नेता दुजाङ शेर्पा लगायतले संबोधन गरेका थिए । उनिहरुले केपी ओली सरकारले मेडिकल शिक्षालाई माफियाको हातमा सुम्पने गरी संसदबाट जबर्जस्ती बिधेयक पारित गर्न खोजेको आरोप लगाए ।

जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरि बिधेयक पारित गर्न खोज्ने कम्युनिष्ट सरकारले बिजय थापा जस्ता अपराधिक पृष्ठभुमिका व्यक्तिलाई अगाडि सारेर सत्याग्रहि केसीको तेजोबध गर्ने दुष्प्रयास गरेको बताए । उनिहरुले बिधेयक नलिइ जबर्जस्ती पारित गराउन खोजे नेविसंघ सडक संघर्षमा उत्रने चेतावनी दिए ।  

   

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ