arrow

हरियाली पार्क अतिक्रमण गरी टुरिस्ट बसपार्क ?

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
green-park.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं १६ अन्तर्गत विष्णुमती नदीको बालाजुदेखि शोभा भगवती मार्गको छेउँमा रहेको करिब १२ रोपनी जग्गामा हरियाली पार्क बनाउनका लागि तारबार तथा वृक्षरोपण कार्य सम्पन्न भइसकेको अवस्थामा उक्त परियोजनाको बेवास्ता गर्दै टुरिस्ट बसपार्क बनाउने चलखेल भएको खुलेको छ । 

सो स्थानमा बिरुवाहरु हुर्किरहेको अवस्थामा स्थानीय उपभोक्ताको सुविधा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकरण विकास समितिको सोच र कार्यलाई समेत बेवास्ता गरी टुरिजम बस व्यवसायीहरुको चलखेलमा उक्त स्थानमा टुरिस्ट बसपार्क बनाउने भन्दै उक्त जग्गा अतिक्रमणको प्रयत्न भइरहेको बुझिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले स्थानीय संघसंस्था एवं उपभोक्ताहरुसँगको सहकार्यमा विष्णुमती, बागमती नदीहरुलाई प्रदुषण मुक्त गर्ने दायाँ बायाँका खाली जग्गालाई संरक्षण गरी हरियाली पार्क बनाउने कार्य भइरहेको छ ।

तर सीमित व्यवसायीको स्वार्थमा उक्त कार्यलाई अवरोध गर्ने प्रयत्न भइरहेको बुझिएको छ । उक्त स्थानमा बसपार्क बनेमा विष्णुमती र आसपासका क्षेत्रहरुमा फोहोर प्रदुषण हुने र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सोच र काममा अवरोध पैदा हुने निश्चित छ । 

टुरिस्ट बस व्यवसायी संस्था नाफामुलक संस्था भएको र उक्त संस्थाले स्थानीयको हितमा भन्दा नाफा मात्र हेर्ने भएकाले सरकारले नै स्थानीयको चाहना विपरित जग्गा भाडामा दिने प्रयत्नसमेत गरेको बुझिएको छ । 

बसपार्क बन्नेमा स्थानीय जनताको पूर्ण असहमत र विरोध रहँदा रहँदै बल मिचाइले बसपार्क बनाउन खोजिएको भन्दै स्थानीयसमेत आक्रोशित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ