arrow

३६१ महिलाको सीमानाकाबाट उद्धार

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
human-trafficking.jpeg

कृष्णनगर । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । 

सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए । “तीस महिलालाई उद्धारपश्चात चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ,” उनले भने । 

इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए । 

जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो । केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । 

आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ