arrow

जनता कुट्ने दुई प्रहरी निलम्बित 

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
nepal-police-Fn.png.png

गलकोट । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । 

विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । 

दुवै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेको र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका थिए । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । 



नयाँ