arrow

मनकारी गाउँपालिका अध्यक्ष, विद्यालयको महायज्ञमा दिए १० महिनाको तलब

logo
सीता डोटेल, 
प्रकाशित २०७५ माघ १० बिहिबार
gaupalika-president.jpg

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो १० महिनाको तलब बिद्यालयको शैक्षिक विकासका लागि आयोजित महायज्ञमा दान सहयोग गरेका छन् । 

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न बगनासकाली ९ चापपानीमा रहेको चन्द्र माध्यमिक विद्यालयमा सञ्चालन भएको श्रीमद्भागवत विराट सप्ताह ज्ञान महायज्ञका समापनका अवसरमा अध्यक्ष बस्यालले दश महिनाको तलब ३ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् । 

यसअघि पनि बस्यालले आफुले पाउँदै आएको तलब शैक्षिक, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगाएका थिए । 

गरिब तथा विपन्न परिवारमा न्यानो कपडा वितरण तथा उपचारमा सहयोग पुर्याएका थिए । प्राविधिक शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यता रहँदै आएकोमा गाउँकै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित महाज्ञयमा बस्यालले १० महिनाको पारिश्रमिक सहयोग गरेको उनले बताए ।

प्राविधिक शिक्षा आर्जन गरेर काम गर्ने मौका बढी हुने भएकाले दक्ष शक्ति उत्पादन गर्न अब गाउगाउसम्म प्राबिधिक शिक्षाको आवश्यकता रहेको बस्यालले बताए । 

यसैबीच माघ २ गते देखि ८ गतेसम्म चलेको महाज्ञयमा १ करोड ६०लाख रुपैयाँ संकलन भएको महाज्ञय मुल आयोजक समितिका अध्यक्ष यमलाल तिमिल्सिनाले बताए । महायज्ञकै अबसरमा ४ वटा चौरासी पुजा, दिप प्रज्वलन ,सामुहिक बर्तबन्ध, हवन, ग्रह शान्ति काल सर्पयोग,शान्ति सतरुद्र कार्य सम्पन गरिएको  समितिका महासचिव कृष्णप्रसाद भुषालले जानकारी दिए । 

समापन समारोहमा जिल्ला समन्वय समिति पाल्पाका संयोजक दयाराज बस्यालले प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादन अभियान सफल हुनेमा जोड दिदै राम्रो कामले राम्रो सन्देश दिने बिश्वास व्यक्त गरे । सप्ताहमा वालव्यास पण्डित नारायण न्यौपानेको मुखारबिन्दुबाट संगीतमय कथा प्रवचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ