arrow

खुला दिसामुक्त घोषणा 

logo
प्रकाश मैनाली, 
प्रकाशित २०७५ माघ १० बिहिबार
1113.jpg

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई जिल्लाको १४ औँ खुला दिसामुक्त स्थानीय तह घोषणा गरिएको छ । 

गाउँपालिकाभित्रका सबै घरधुरीमा शौचालय निर्माण भएको दावी गर्दै बुधबार जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा चन्द्रनगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको हो । 

जिल्लाबाट अनुगमन गर्दा गाउँपालिका भित्रका सम्पूर्ण पाँच हजार ५१ घरधुरीमा शौचालय निर्माण भएको पाइएपछि खुला दिसामुक्त घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । 

विभिन्न सङ्घसंस्थासँग समन्वयमा निरन्तररुपमा घरदैलो, गस्ती जस्ता दबाबमुलक कार्यक्रम गरेर गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष महतोले बताए ।

२० स्थानीय तह रहेको सर्लाहीमा अब तीन नगरपालिका र तीन गाउँपालिकागरी छ वटा स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी छन् । 

जिल्लाको मलङ्गवा, ईश्वरपुर र कविलासी नगरपालिका तथा ब्रह्मपुरी, चक्रघट्टा र धनकौल गाउँपालिका खुला दिसामुक्त घोषणा हुन बाँकी छ । तीमध्ये अन्य स्थानीय तह खुला दिसामुक्त हुने अन्तिम चरणमा रहेपनि धनकौल गाउँपालिकामा भने जनप्रतिनिधीबीचको विवादले शौचालय निर्माणको अभियानलाई तीव्रता दिन समस्या भैरहेको अभियानकर्मीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ