arrow

चार जनाको हत्या 

logo
रमेश विश्वकर्मा,  
प्रकाशित २०७५ माघ १० बिहिबार
gulmi_district_map.png

गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७५–०७६ को साउन देखि पौष मसान्तसम्म चार जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

जिल्ला अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ सुरु भए देखि साउन महिनामा २ जना  र कात्तिक महिनामा २ जना गरि ४ जनाको हत्या भएको प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

हत्या हुनेमा पुरुष १ र महिला ३ गरि ४ जनाको हत्या भएको बताईएको छ । तीमध्ये २ जना महिलाको आफ्नै श्रीमानद्वारा हत्या भएको छ ।

आर्थिक वर्षको छ महिनामा जिल्लामा भएका सबै खाले घटनाहरुको अनुसन्धान र विश्लेषण गर्दा सामान्य रिसिइवी र मदिरा सेवनकै कारणले हुने गरेको प्रहरी निरीक्षक खड्काले बताए । 

यी चार वटै घटनाका अभियुक्तहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ