arrow

जीपी कोइराला फाउन्डेसन मोरङमा निरौला

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
gp.jpg

विराटनगर । नेपाली काग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’को मोरङ शाखाले पूर्णता पाएको छ । बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच १ नं प्रदेश संयोजक इन्दिरा थापाले फाउन्डेसनलाई पूर्णता दिएकी हुन् ।

कौशल निरौलाको संयोजकत्वमा १३ सदस्य कार्यसमिति बनेको छ । गठित समितिको सह–संयोजक बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई, सह–सचिव सन्तोष पोख्रेल र कोषाध्यक्षमा पुनम सिंह रहेका छन् ।

यस्तै सदस्यहरुमा रिता पोख्रेल, शर्मिला अधिकारी, बैधनाथ झा, गिरिजाप्रसाद कोइराला, पदम सरदार,विरजुकुमार गच्छदार, नितिन भगत र अन्जु दाहाल रहेका छन् । यस्तै प्रदेश समितिमा निर्मलकुमार दुगडलाई समेत मनोनयन गरिएको छ ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको  प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । 

कार्यक्रममा कांग्रेस नेता तथा फाउन्डेसनका सल्लाहकार गयानन्द मण्डल,प्रदेश नं १ का कोषाध्यक्ष हरिनारायण चौधरी ,सचिव शैलन्द्र शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ