arrow

भेनेजुयलाको विषयमा प्रचण्डद्वारा अमेरिका विरुद्ध कडा विज्ञप्ती

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
pmprachandadahal.jpeg

काठमाडौं । भेनेजुयलामा गहिरिएको राजनीतिक संकटको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कडा विज्ञप्ती निकालेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहालले भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिकाले साम्राज्यवादी नीति लिएको भन्दै त्यसको निन्दा गरेका हुन् । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी अमेरिकाले साम्राज्यवादी नीति लिएको आरोप उनको छ ।

कहिले युद्धको कारण त कहिले आर्थिक संकटको कारण मुलुकको अस्तित्व संकटमा पर्छ भन्ने कुरा २१ औं शताब्दीमा भेनेजुयलाले सिकाएको छ । ल्याटिन अमेरिकाको एक देश जसमा तेलको एकदमै ठूलो खानीका कारण सम्पन्नताको सम्भावना देखिएपनि अहिले त्यहाँका जनताहरु भोकै मर्न बाध्य छन् ।

वेनेजुएलाको संकट यस कारण अधिक तरंगित बनेको छ कि त्यहाँ राजनीतिक खिचातानी अर्थव्यवस्था तथा सेना समेत एक र अर्को गुटमा विभाजित भएका छन् । यस्तो संकट जब मात्रै पूरा हुन्छ कि जब कुनैपनि विश्वमा वर्चश्व राख्न खोज्ने देशहरु कुनैदेशलाई आफ्नो अखडा बनाउन चाहन्छन् । त्यतिबेला देशमा अनेकानेक संकटहरु उत्पन्न हुन थाल्छ ।

जुवान गुआइडोले आफैंलाई राष्ट्रपति घोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्कालै समर्थन गर्नुले प्रजातान्त्रिक ढंगले निर्वाचित भेनेजुएलाका राष्ट्रपति र जनता विरुद्ध त्यहाँ ग्रान्ड डिजाइन प्रष्ट भएको प्रचण्डले आरोप लगाएका छन् । उनले वक्तव्यमा यो साम्राज्यवादी कु र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै उनले वक्तव्यमा अमेरिकाले भेनेजुएलामा अमानवीय आर्थिक नाकाबन्दी गरेर शुन्यता र हिसांको अवस्था ल्याई सैनिक हस्तक्षेप गर्ने प्रयास एक दशक अघि देखि नै गरेको आरोप समेत लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ