arrow

राजा जनकको दरबारका लागि करिब २५ अर्बको डीपीआर बन्दै

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
Janaka-Janaki.jpg

जनकपुरधाम । शिवपुर गढीस्थित ५२ विगहामा बन्ने राजा जनक दरबारको लागत करिब पचिस अर्ब पर्ने अनुमान गरिएको छ । जानकी मन्दिरको जिरायत भनेर चिनिदै आएको शिवपुर गढीको ५२ विगहा जग्गामा राजम जनक दरबार बनाउने निर्णय जनकपुरधाम उप महानगरपलिका वडा नम्बर १९ का पदाधिकारी लगायतका बासिन्दाले सर्वसम्मतिबाट परित गरेसँगै कार्य अघि बढेको छ ।

जनकपुरधाम १९ का वडा अध्यक्ष जगदिश यादवद्वारा हस्तारित पत्रमा पुस १३ गते आयोजित वडाका वृहत्त भेलाबाट सो निर्णय भएको जनाएको हो । जानकी मन्दिरका जिरायत भनेर प्रचारित ५२ विगहा जग्गा जानकी मन्दिरका महंत रामतपेश्वर दास बैष्णवको सक्रियतामा मौखिक विक्री भईसकेका छन । करिब अढाई दशक अघि महंथ र जमिन खरिद गर्नेहरुबीच मौखिक मोलमोल्हाजा भएकै आधारमा खरिद विक्री भएको जग्गा लिनेहरु बताउँछन ।

तत्कालिन जनकपुर चुरोट कारखानामा कार्यरत एकजना कर्मचारी राजकुमार यादव भन्छन्’ मैले ३ कठ्ठा जमिन प्रति कठ्ठा ३० हजारको दरले खरिद गरेको थिए । म जस्तै अन्य थुप्रै व्यक्तिहरु जमिन खरिद गरेका थिए ।' छुट गुठीको नाउमा संचालित जानकी मन्दिरको जग्गा बेचबिखिन भएको कुरा समाजसेवी मकेश्वर प्रसाद सिंहलाई राम्रो लागेन । उनले जानकी मन्दिरको जमिन जसरी भएपनि जोगनाउनुपर्ने उद्देश्य लिएको हुनाले नै  शिवपुर गाउँवासी आन्दोलित भएका थिए । त्यसबेलाको जनकपुर नगरपालिकासंग टाँसिएको भएपनि शिवपुर गढी वेंगाशिवपुर गाउँपालिकामा रहेको थियो ।

गाउँवासीले सो जग्गा हाम्रो गाउँमा भएकाले यसमाथि हाम्रो अधिकार हो भन्दै जनकपुरमा ठुलै विरोध जुलुस प्रदर्शन भएको थियो ।  जग्गा खरिद गर्नेहरु त्यहाँ घर बनाउन हिम्मत गर्न नसेको हुनाले सो जमिन आजसम्म त्यसै पर्ति रुपमा रहदै आएको हो । त्यो भन्दा पहिला शिवपुर गाउँवासीहरुले धान उब्जाउने र कुतवाली जानकी मन्दिरमा बुझाउँदै आएको थिए । जानकी मन्दिरका महंथ दासले बिता बिता गरेर जमिन विक्री गरेको भएपनि स्थानीयबासिको सक्रियताले बाँच्न गएको जमिनमा आज जनक दरबार बनाउने योजना प्रदेश नम्बर दुईका सरकारले अगाडी ल्याएको छ। जनकपुरधाम उप महानगरपालिका– १९ का जनताले सर्वपक्षिय निर्णय गरेर प्रदेश सरकारलाई बुझाउँदा पुस २५ गते दर्ता समेत भईसकेका छन।

भारतका विभिन्न ठाउँबाट तिर्थाटन गर्दै जनकपुरधाम आईपुगेका साधुसन्तहरु आफ्नो सोधका अनुसार शिवपुर गढी नै राजा जनकको राजमहल रहेको बताउँदै आएका छन । जन्म जहाँ भएपनि आफ्नो  तपवलको स्थल मिथिला क्षेत्रलाई बनाएका नारद बाबाले भने, 'जनक दरबार नै शिवपुर गढी  हो ।' आज सो शिवपुर गढी क्षेत्रमै जनक दरबार निर्माण हुनुपर्ने प्रस्ताव  स्थानीय राजनीतिकर्मी एवं समाजसेवी राम गोविन्द यादवले अगाडी बढाएका छन् । उनका अनुसार जनक दरबारको डीपीआर तयार पार्नको लागि आर्किटेक ईन्जिनियर आर्के ठाकुरलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री  मोहम्मद लालबाबु राउतलाई जिम्मा लगाई सकेको छ ।

५२ विगहा भनेर प्रचारित जिरायत वास्तवमा ३१ विगहा ४ कठ्ठा ३ धुर  रहेको छ । त्यस जिरायतको सम्पूर्ण जमिनलाई ओग्टदै जनक दरबार निर्माण गर्ने योजना रहेको यादव बताउछन् । आर्किटेक ठाकुरसँग भएको साक्षात अनुसार करिब २५ अर्ब रुपियाँ जनक दरबारमा लाग्ने अनुमान भईरहेको उनि बताउछन् ।

राजा जनकको दरबारमा के के हुन्छ ?
राजा जनकको दरबारमा प्रवेशद्वार, कम्पाउण्ड वाल, वाल बाहिर पिच सडक, धनुष यज्ञ स्थल, राजकुमारहरुको बैठक कक्ष, बरात घर(दलान), खण्डित धनुषको अवस्था, राम लक्ष्मण र परशुराम को सम्बाद स्थल, परशुराम आश्रम (क्रोध अवस्थाको स्वरुप), सीता विश्राम स्थल, सीता सहेली सम्वाद स्थल,सीता पालन पोषणको अवस्था, राम संग प्रथम भेटको अवस्था प्रदर्शन  र विश्वामित्रको स्वागत जनकद्वाराको मुर्ति रहनेछन ।

त्यस्तै विश्वामित्र राम लक्ष्मण जनकपुरधामको भ्रमण, दशरथ जी को विश्राम घर(दलान), दशरथ महाराजको स्वागत अवसरमा जनक जी, राम सीताको कोहवर घर, सीता सहेलीद्वारा राम लक्ष्मण भरत सत्रोहन द्वारा मजक क्षण(दुर्वानी), स्वयंवर स्थलको वरमाला मंच, सीता जन्मस्थलको फोटो, द्वारपाल प्रत्येक गेटमा, दशरथ महाराज संगै बरातमा आएको साधनहरु जस्तै हाथी,घोडा,उँट लगायत,सीता फूलवारी, जनक जी को कूलदेवी स्थल, पुस्तकालय, जानकी जी को विदाईका साधन ‘पालकी’ जानकी जी को संगभार दिएको समानहरुको प्रदर्शन गरिनेछ ।

त्यस्तै दशरथको कनक भवन, अयोध्याबाट आएको कुमारी भार, त्यहँबाट विवाहका लागि आएको अन्य सामग्री, मिथिलाको सकाहारी भोजनालय(निःशुल्क), जनक कार्यकालमा अन्न राख्ने भखारी, खानाका प्रकारहरुको प्रदर्शनी, मिथिला आर्ट, मिथिलानीहरुले लगाउने गहना,सेनाको पोषाक, मिथिला भाषा लिपि, मिथिलाका खेलहरु जस्तै पहलवानी, सुरसुर,टालपुली, मरुवन मैया (मिथिलानीहरुले) खेल, सत्संग भवन(विद्वानहरुको बैठक कक्ष), अष्टावक्रको विश्राम स्थल, जनकलाई प्रदान गरिएको दीक्षा स्थल, अष्टाबक्रलाई जनक जी ले स्वागत गर्दै क्षन,जनक जी को माता पीताको विश्राम कक्ष,त्यस बेलाको संचार सेवा,जनकको कार्यकालमो शासन पद्धती, त्यस बेला प्रजाको अवस्था (भिडियो प्रदर्शन द्वारा), राज्यमा न्याय(जेलको अवस्था),राम्रा काम गर्नेहरुलाई पुरस्कार दिने पदकहरु र डोमको घर प्रदर्शन गर्ने योजना रहने जनाएको छ।

जनक दरबार बन्नुपर्ने योजनालाई अगाडी बढाउँदै आउनुभएका रामगोविन्द यादव भन्नुहुन्छ– यी बाहेक अन्य छुटेका कुराहरुलाई समेटनको लागि भारत चित्रकोटका महामण्डलेश्वर रामभद्राचार्य महाराज संग भेट गर्नका लागि एक टोली त्यस तर्फ जाने छन । शिवपुर गढी क्षेत्रको जिरायतमामा रहको दुई वटा पोखरी कष्टहर्नी सर र मनमथनी सरको जिर्णोद्धार, दरबारको चारैतिरबाट रिंगरोडको निर्माण गर्ने योजना समेत समेटिने भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ