arrow

घामको भरमा दार्चुलाको सञ्चार

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ माघ १२ शनिबार
darchula-communication-1.jpg

दार्चुला। दार्चुला जिल्लाको संचार घामको भरमा मात्र चल्ने गरेको छ। जिल्लाको मुख्य टावर बालशिखर रिपिटर टावरमा बिद्युतिकरण नहुदाँ इन्टरनेट तथा फोन सेवा बेला बेलामा अबरुद्ध हुने गरेको छ। जिल्लाको मुख्य टावर नै घामको भरमा सञ्चालन हुदाँ सेवाग्राहीहरु हैरानी खेपी रहेका छन्। मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ स्थित बलशिखर रिपिटर टावरमा विद्युतीकरण नहुँदा दार्चुलाको इन्टरनेट र फोन सेवा घामको भरमा चलिरहेको छ।

बर्सातको समयमा घाम नलाग्ने र हिउदमा सो क्षेत्रमा हिमपात हुनेहुदाँ जिल्लाको संचार सेवा ठप्प हुने गर्दछ, यसबाट नेपाल टेलिकमका सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन्। सो क्षेत्रमा मंगलबार देखि हिमपात सुरु भए सङ्गै शुक्रबार बिहानै देखि दार्चुलाको इन्टरनेट र फोन सेवा अबरुद्ध भएको हो।

बेलाबेला अबरुद्ध हुने दार्चुलाको फोन सेवा शनिबार  बिहान करिब ११ बजेतिर संचालनमा आएको छ। आकाश खुलेर घाम लाग्न थाले सङ्गै  फोन सेवा संचालनमा आएको हो। मुख्य रिपिटर टावर नै घामको भरमा सञ्चालन हुदाँ टेलिकमको सेवा प्रभावकारी नभएको भन्दै केही दिनभित्रै टावरमा विद्युत् लाइन जोडिने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। इन्टरनेट तथा फोन सेवा प्रभावकारी नहुदाँ बित्तिय संघ सस्थाहरु तथा सञ्चार माध्यमहरु प्रभावित हुने गरेका छन्।

नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावकारी नहुदाँ नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गरिरहेका छन्। नेपाल टेलिकमको अगुणस्तरिय सेवाबाट हैरानी खेपिरहेका दार्चुला जिल्ला सदरमुकाम खलंगाका नागरिकहरु भारतीय सीमकार्ड प्रयोग गर्न बाध्य छन्। भारतिय सिमकार्ड बाट इन्टरनेट सेवा दुर्त गतिमा चल्ने भएकाले नेपाल टेलिकमका ग्राहकहरु भारतीय सीमकार्ड प्रति आकर्षित भएका हुन्।

जिल्लामा संचालित अधिकास टेलीफोन टावरहरुमा विधुतिकरण नहुदा सोलारको भरमा संचालनमा रहेका छन्। घाम लागेको बेलामा मात्रै संचालनमा आउने तथा बादल लागेको बेला बन्द अवस्थामा रहने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ