arrow

दुना टपरी अभियान, प्लाष्टिक नियन्त्रणमा सहयोग

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
duna-tapara.JPG

धनकुटा । बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाको सहयोगमा संचालन गरेको दुना टपरी बुन्ने तालिमको अवोलकन तथा निरिक्षण गर्दै घरेलु तथा सना उद्योग महासंघ धनकुटको टोली र पत्रकारहरुले तालिम अत्यन्तै  उपयोगी र प्रभावकारी रुपमा संचालन भएको  वताएका छन ।

उक्त तालिमको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकारहरु हरी बहादुर लम्जेल,कविराज घिमिरे लगायत महासंघको टोलीले अवोलोकन तथा निरिक्षण गर्दै धनकुटको प्लाष्टिक नियन्त्रण अभियानका लागी  दुना टपरी अभियान धनकुटमा   व्यापक रुपमा  संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

 घरेलु तथा साना उद्योगकै रुपमानै पातबाट दुना टपरी बुन्ने  अभियान संचालन गरी प्लाष्टिको प्रयोगलाई कम  गर्दै बैकल्पिक रुपमा दुना टपरीको प्रयोग गरी वातावरण संरक्षण गर्नु पर्ने घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राईले वताए।

पातबाट दुना टपरी बनाउने र प्रयोग गर्ने कार्य क्रमस लोप हुदै गएकाले यसको संरक्षण र प्रवद्धन गर्दै पुस्ता हन्तानरण गर्नका लागी तालिम संचालन गरिएको बहुमुखी पाठशालका अध्यक्ष सरोज भुजेलले वताए । दुना टपरी बुन्ने तालिममा धनकुटा नगरपालिका क्षेत्रका १० वटा विद्यालयका ३० जना विद्यार्थीहरुलाई   धनकुटा नगरपालिका वडा नं. ७ का ८५ बर्षीया  अजी लक्ष्मी माया श्रेष्ठले उत्साहपूर्ण ढंगले तालिम दिईरहनु भएको बहुमुखी पाठशालाका सचिव सोभित श्रेष्ठले वताइन् ।

धेरै बनाउदा  दुना बनाउन ३ रुपैया जती र टपहरी बनाउन ५ रुपैया जती लाग्ने भएकाले प्लाष्टिक तथा कागजको दुना टपरी सस्तो पनी स्वास्थ्यको लागी राम्रो पनि हुने र वातावरण संरक्षणमा समेत ठूलो सहयोग पुग्ने बहुमुखी पाठशालाको अध्यक्ष सरोज भुजेल जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ