arrow

‘हाम्रो गौरव हाम्रो सान, वालिङ महोत्सव हाम्रो पहिचान’, भब्य हुँदै महोत्सव

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७५ माघ १४ सोमबार
waling-mahotsav.jpg

स्याङ्जा । ‘हाम्रो गौरव हाम्रो सान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नारासहित आयोजना हुन लागको सातौंं वालिङ महोत्सव पुर्ण रुपले सफल बनाउन स्थानीय सरकार लागेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताएकी छिन् ।

प्रदेश स्तरीय महोत्सवको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रमुख तिवारीले जनप्रतिनिधि आएपछिको पहिलो सातौं वालिङ महोत्सवलाई स्थानीय सरकारले सकरात्मक हेरेको बताएकी हुन् । 

नेपालको अर्थ धान्ने नीजी क्षेत्रलाई हामीसँगै हिँडाउने प्रयास रहेको बताउँदै उपप्रमुख तिवारीले स्थानीय सरकारलाई आर्थिक रुपले बलियो बनाउन पनि सहकार्य गर्न आग्रह गरिन् । महोत्सव आम्दानी भन्दा पनि वालिङलाई चिनाउने बलियो माध्यम रहेको हामीले बुझेका छौं, तिवारीले भनिन् स्थानीय उत्पादनसँगै यसको बजार यो महोत्सवले प्रदान गर्नेछ । 

उत्पादनले बजार नपाउने अबस्थामा यस्ता महोत्सवले बजार पाउने विस्वास हाम्रो हो उनले भनिन् । पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेल, निर्देशक पुण्यप्रसाद अर्याल, प्रचारप्रसार समितिका संयोजक पदमराज गुरुङ लगायतले महोत्सव सफल बनाउन पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

कास्की पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको पत्रकार सम्मेलनलाई आयोजकले सहयोगका लागि धन्यवाद र आभार समेत व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ