arrow

पशुपालनमा प्रोत्साहन, पशु ब्यायो कि भत्ता 

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
bhatta1.jpg

लमही । दाङको तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । 

व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुत्केरी पशुको रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए ।
 
यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर,सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ हजार प्रदान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ