arrow

सडक निर्माण कार्यमा सहयोग गर्न सांसदलाई नगर प्रमुखको आग्रह

logo
जनक बोहरा,
प्रकाशित २०७५ माघ १५ मंगलबार
bajura-mantri.jpg

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजारको सडक निर्माण कार्यमा सहयोग गर्न संघीय सांसद लालवहादुर थापालाई बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले अनुरोध गरेका छन् । सोमवार  बडीमालिका नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त अभिव्यक्ति दिएका हुन् ।

सदरमुकाम मार्तडीको मुहार फेर्न भनि चलाएको अभियान मध्ये सडक विस्तार पनि एक हो । यसलाई विस्तार नगरी सवारीका साधन आवतजावतमा अप्ठेरो हुने र खुलामञ्चदेखि गौडाडिलसम्मको ढल निकास व्यवस्थीत नगरे बजारबासीलाई निकै अप्ठेरो हुने भएकाले व्यवस्थीत ढल र सडक बनाउनु नगरको काम भएको उनले ठम्याउँदै भने सडक विस्तार गर्नु पर्ने ईलाकाभित्रका घरजग्गा धनीलाई नगरपालिकामा बोलाई सबैको सहमतिमा सडक बिस्तार भई रहेकोले सांसद थापाको दाई बलबहादुर थापाको नाममा रहेको घरजग्गा नजिकै सडकलाई चाहिने ११ वर्ग मिटर जग्गा उपलब्ध नगराउँदा सडक विस्तारमा अफ्ठेरा भएको उनको भनाइ थियो ।

यसैगरी सडक निर्माणमा कार्यमा जो जनप्रतिनिधि भएपनि विकासको बाधक नबन्न आग्रह गर्दै यदि मेरो घर अगाडि सडक आउँछ भने म पनि  आफ्नो घर भत्काउन तत्परछु नगर उपप्रमुख कविता विष्टले  भनिन् । १८४ मिटर लम्बाई ६ मिटर चौडाइ सडकको प्राय  सबै क्षेत्रमा सहमती भएको र ११ बलवहादुर थापाले ११ वर्गमिटर जग्गा दिएपछि पूर्ण रुपमा सडक निर्माण गर्न सहजहुने कुरा बडिमालिका नगरपालिकका ईन्जिनियर महेन्द्र विष्टले  पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
 
सांसद  थापा सडक विस्तार गर्नुपर्ने बिचका घरजग्गा धनी हुन या होईन् ? भन्ने पश्नमा जवाफदिँदै मेयर बडुवालले भने– “हुन् नि, किन नहुनु ? सहोदर दाइ बलबहादुर थापाका नाममा छ, घरजग्गा । उक्त घरमा माननीय बस्छन् । माननीयले सडक विस्तारमा सहयोग गर्नुको साँटो उल्टै कर्मचारीलाई हप्काउने, थर्काउने काममा बाध गर्ने मान्छे विकास विरोधी नभई अरु के हुन् ? ” यदि उनको घर नभए फोनगरी कर्मचारीलार्य किन थर्काइरहेका छन् ।

घरमा बस्दैमा घरजग्गा धनि मानिन्छ त ? यसरी कसरी हुन्छ ?अर्को प्रश्नमा थप्दै उनले भने, 'उहाँ जिल्लाको माननीय हो । एक घर, व्यक्ति समूह विशेषको होईन नि । समग्र बाजरालीको विकासका कुरामा किन तगारो बनेको ? उल्टै नगरको विकासमा सहर्ष बाताबरण गर्नुपर्नेमा उल्टै नगरलाई अपमान गर्नु भयो । लिखित चिठी काटियो, बोलाईयो बारम्बार तर, आउँनु भएन माननीय ज्यू जग्गा छोड्ने कुरै गरेनन् । उहाँका जग्गा धनी दाइलाई बोलाईयो । अहँ ! टेरेनन् । जग्गापनि छोडेनन् । मुआव्जा लिने नलिने कुरै भएन ।'
 
यसवीचमा प्रतिनिधी सभाका सदस्य लालबहादुर थापालाई टेलिफोन गरि तपाई विकास विरोधी माननीय हो ? भनि सोद्धा उनले कुनै प्रतिक्रिया दिएनन् ।  तर, सडक निर्माण गौडाडिलदेखि खुलामञ्चसम्म र जिल्ला बन कार्यालयदेखि जिल्ला अस्पतालसम्म सडक र ढल निर्माण कार्य तिब्र पारिएको छ । सडकको मापदण्ड अनुसार सामान्य तहबाट हेर्दा न्युनतम् ६ मिटर चौडा सडक चाहिन्छ । तलमाथिबाट काम सूरु भएतापनि माननीयले जग्गा नछोड्दा निकै अफ्ठ्यारो भएको नगरपालिकाले पत्रकार सम्मेलनमा प्रष्ठ्याएको छ ।

 सदरमुकामको सडकमा परेका ६८ घर मध्ये ६७ घरले नगरपालिकाको नाममा राजि गरि सकको छन् भने   जग्गाधनी बलवहादुर थापाले सडकमा परेको ११ वर्गमिटरको जग्गा  पास नगर्दा काम गर्न अप्ठेरो भएको वताउदै काम रोक्ने धम्की आएपछि  निर्माण कार्य अगाडि नवडेको डिबि  कन्स्ट्रक्शनका सञ्चालक फूँगी देबी जैशीले वताए । अहिले खाद्य संस्थानबाट जिल्ला अस्पताल बाजुरासम्म र लोकतान्त्रिक चोकबाट खुला मञ्चसम्म  सडक निर्माण गर्न लागिएको छ ।

 यहाँ बिचमा पर्ने घर र जग्गा धनीलाई सडक निर्माण गर्दा पुग्न सक्ने क्षेतीको मुआब्जा दिई काम थालिएको नगरपालिकाले जनाएको छ । सोही सवलमा समाचार  लेख्दा जिल्ला प्रहरीकार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धबसिंह भाटले जेपायो त्यही मनोमानी समाचार नलेख्न भन्दै पत्रकारलाई धम्काएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ