arrow

पाल्पामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ १५ मंगलबार
palpa-student1.jpg

पाल्पा । सरकारले संघीय संसदबाट चिकित्सा विधेयक पास  गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । मंगलबार त्रिभुवन  बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको हो ।

पुत्ला दहनपछि कोण सभालाई सम्बोधन गर्दै संघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले सरकारले आफ्नो निर्णय नसच्याएसम्म सडक आन्दोलनलाई निरन्तरता दिने बताए । वर्तमान सरकार नेपाली गरिवको नेतृत्व भन्दा पनि माफिया र तस्करहरु संगको साठ गाठ र नेतृत्व गरिरहेकोले स्व एंव पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पतालका विषयमा सरकारले देखाएका क्रियाकलाप नसचिए देश व्यापी रुपमा आन्दोलनको आधी वेहरी सिर्जना गर्ने भट्टराईले चेतावनी दिए ।

नेविसंघका कार्यवाहक जिल्ला सभापति सुरेश बोहोराले सरकारले बहुमतको आडमा संसदीय परम्परा र अभ्यासलाई तोड्दै  प्रस्तुत भएको चिकित्सा विधेयकलाई नसच्याए सम्म आन्दोलन जारी राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ