arrow

नेविसंघ कार्यकर्तामाथि अनेरास्ववियुको आक्रमण, मल्ल घाइते

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
malla_RR_campus.jpg

काठमाडौं । सामान्य विषयमा भएको विवादले राजनीतिक रुप लिँदा काठमाडौंको आरआर क्याम्पसमा अनेरास्ववियुका कार्यकर्ताहरुले नेविसंघका कार्यकर्तामाथि आक्रमण गरेका छन् । माउ पार्टी नेकपा सत्तामा रहेको फूर्ती लगाउँदै अनेरास्ववियू आक्रमणमा उत्रिएको नेविसंघको आरोप छ।

क्याम्पसमा चलिरहेको भलिबल प्रतियोगितामा भएको गल्तीको विषयमा विवाद चर्किँदै जाँदा उनीहरुले नेविसंघका विजय मल्लमाथि आक्रमण गरेका हुन् । मल्लको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको नेविसंघका सुनिल शर्माले जानकारी दिए । 

सरकार विरुद्धको आन्दोलनमा रहेको नेविसंघका नेता÷कार्यकर्तामाथि इगोको आधारमा आक्रमण गरिएको आरोप नेविसंघले लगाएको छ । खेलको विषयमा भएको सामान्य विवादलाई राजनीतिक रुप दिएर अस्पताल नै भर्ना गर्नुपर्ने गरी आक्रमण हुनुले अनेरास्ववियुले इगोको आधारमा आक्रमण गरेको आरोप नेविसंघले लगाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ