arrow

वीपी उद्यानको नाम परिर्वतन गरे कांग्रेस सडकमा उत्रिने

स्थानीय तहको अधिकारलाई प्रदेश सरकारले कुण्ठित गरेको खुलासा

logo
बिजय चौहान,
प्रकाशित २०७५ माघ १५ मंगलबार
bp-udhan.jpg

वीरगन्ज। संघीयले सरकारले प्रदेश सरकारलाई अधिकार दिन नमानेको आरोप लगाउने प्रदेश नं. २ को सरकारले नै स्थानीयत तहहरुको अधिकारलाई कुण्ठित गर्ने कार्य गरेको पाइएको छ । वीरगन्ज महानगरपालिकालाई जानकारी नै नदिई प्रदेश सरकारले वीरगन्जको घण्टाघर चोक भन्दा उत्तरमा रहेको वीपी उद्यानको नाम परिर्वतनसंगै शिलान्यास गर्ने तयारी गरेको खुलासा भएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको वीपी उद्यानको जग्गामा बुधबार विहान ७ बजे मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले शहीद पार्कको नामाकरण गर्दै संयुक्त रुपमै शिलान्यास गर्ने निमन्त्रण पत्र नै सार्वजनिक भएपछि प्रदेश सरकारले स्थानीयत तहको अधिकारहरुलाई कुण्ठीत गरेको रहस्य उद्घाटन भएको हो ।

प्रदेश नं.२ का मुख्यमन्त्री गद्दी तथा भौतिक पूर्वधार विकास मन्त्री सोनलले बुधबार विहान शहीद पार्कको संयुक्त रुपमै शिलान्यास गर्ने शहरी विकास तथा भवन कार्यालय वीरगन्जले कार्यक्रम आयोजना गरेको निमन्त्रण पत्रलाई  नेपाली कांग्रेस पर्साले सार्वजनिक गरेको छ ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दिवेद्वीले महानगरपालिकाको अनुमति विना प्रदेश सरकारले वीपी उद्यान पार्कको नाम परिर्वतनका साथै शिलान्यास कार्यक्रमको आयोजना गरी मुठभेडको स्थिती सिर्जना गरेको आरोप लगाए ।

उनले वीरगन्ज महानगरपालिकाको स्वामत्विमा रहेको वीपी उद्यानको नाम परिर्वतन वा तोकिएको भन्दा फरक परियोजनका लागि प्रयोग गरे सोको विरोधमा कांग्रेस सडकमा उत्रिने चेतावदी दिए ।

प्रदेश सरकराले नै कानुनी व्यवस्था नमाने प्रदेशमा गलत थिती बस्ने खतरा भएकाले आफु मुख्यमन्त्रीलाई फोन गरी कार्यक्रम स्थगित गर्न आग्रह गरेको नेता दिवेद्वीले संचारकर्मीहरुलाई जानकारी दिए।

वीपी उद्यानमा प्रदेश नं.२का मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले बुधबार विहान शहीद पार्कको संयुक्त रुपमै शिलान्यास गर्ने शहरी विकास तथा भवन कार्यालय वीरगन्जले कार्यक्रम आयोजना गरेको निमन्त्रण पत्रलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै जिल्ला सभावति दिवेद्वीले विधि र प्रकृया विपरित गई भोली शिलान्यास गरिए राजनीतिक, वैचारी तथा अन्य जुनसुकै रुपको भएपनि संर्घष गर्न कांग्रेस तयार रहेको बताए ।

उनले स्थानीय सरकारहरुको अधिकारलाई मिच्ने प्रदेश सरकारलाई कुनै हक नभएको बनाउदै त्यसो गरिए सोको विरुद्धमा आन्दोलन गरिने ठोकुवा गरे । शहरी विकास कार्यालय वा प्रदेश सरकारले वीपी उद्यानमा कुनैपनि कार्यक्रम गर्न अनुमति नलिएको वीरगन्ज महानगपालिकाका नगरप्रमुख विजय सरावगीले जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पूव सांसद राजेन्द्र बहादुर आमात्य, जिल्ला विकास समितिका पूर्व सभापति जनार्धन सिंहक्षेत्री, वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतकाको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ