arrow

कांग्रेसले ५१ हजार सहयोग गर्यो आगलागी पीडितलाई 

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
nepali-congress-flag.jpg.jpeg

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । 

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हुँदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गरे । 

म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ । सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराएका थिए । 

सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो । 



नयाँ