arrow

पञ्चायतमा मृत्युदण्ड दिइएका शहिद दुर्गानन्दलाई सम्झियो गाउँले

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १६ बुधबार
sahid-jha.JPG

जनकपुरधाम । अमर शहिद दुर्गानन्द झाको ५५ औं बलिदान दिवसको अवसरमा उनको पैतृक गाउँमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।  तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।

लोकतन्त्र र गणतन्त्रका लागि सहादत प्राप्त गरेका दुर्गानन्दको स्मरण गर्दै हरेक वर्ष बलिदान दिवस मनाइन्छ । यस वर्ष दुर्गानन्दको ५५ औं बलिदान दिवस मनाइँदैछ ।

 धनुषाको  नगराईन नगरपालिका वडा नम्बर दुई जटहीमा नगराईन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादवको अध्यक्षता र प्रतिनीधि सभाका सदस्य स्मृति नारायण चौधरीको प्रमुख आतिथ्यमा उनको स्मरणमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएका छन ।

जटहीको शहिदद्वारमा नेपाली कांग्रेस धनुषाका नेता कार्यकर्ताहरुले उनको तस्विरमा माल्यार्पण गरि एक मिनेट मौन धारण गरेका थिए । सो कार्यक्रममा प्रदेश नम्बर दुई संसदीय दलका नेता रामसरोज यादव , नेपाली कंग्रेस धनुषा सभापति महेशशंकर गिरी , जिल्ला सचिव विशेश्वर यादव ,  जनकपुरधाम नगर समिति सभापति मनोज साह , नेपाली कांग्रेसका युवा नेता ललन चौधरी , प्रफुल्ल राज घिमिरे , लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ