arrow

बुधबार शहीदको सम्मानमा नेविसंघको 'विश्राम', शान्तिबाटिकामा दीपप्रज्वलन

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
saroj_thapa_deep_prajwolan.jpg

काठमाडौं । चरणवद्ध आन्दोलनमा रहेका नेविसंघका नेता तथा कार्यकर्ताहरुले काठमाडौंको शान्ति बाटिकामा शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरेर शहीद दिवस मनाएका छन् । अघिल्लो दिन जस्तो धेरै विरोधका कार्यक्रमहरु नगरी केवल शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरेका नेविसंघका नेताहरुले शहीदहरुको सम्मानमा कार्यक्रमहरु गरेको विद्यार्थी नेताहरुले बताएका छन् । 

सरकार तानाशाही शैलीमा अघि बढेको आरोप सहित चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघको बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित दीप प्रज्वलन कार्यक्रममा संसदीय अभ्यासलाई नै उपहास गरिरहेको सरकार विरुद्ध नेविसंघ अहिले आन्दोलनको मोर्चामा रहेको नेविसंघ महामन्त्री सरोज थापाले बताए। 

मुलुकमा जहानीया राणा शासन अन्त्य गर्नको लागि ज्यानको बलिदानी दिएका र अँग्रेजसँगको युद्धमा समेत शहीद भएकाहरुदेखि २०३६ साल हुँदै २०६२र६३ सालको आन्दोलनमा सहादत भएका नेपाल विद्यार्थी संघका शहीदहरुप्रति पनि श्रद्धासुमन व्यक्त गर्दै थापाले यी शहीदहरुको सपना साकार बनाउने जिम्मेवारी अब नेपाल विद्यार्थी संघको काँधमा आएको बताए । 

उनले लोकतन्त्रको लागि लडेकाहरुले नै सत्तामा पुगेपछि लोकतन्त्र विर्सिएको भन्दै त्यस्ता तत्वहरुबाट लोकतन्त्र र लोकतान्त्रिक मूल्य र मान्यताहरु समेत बचाउने जिम्मा नेविसंघको काँधमा आएको धारणा समेत व्यक्त गरे । त्यस्ता शहीदहरुको बलिदानीले प्राप्त उपलब्धीहरु दुई तिहाईको सरकारले नामेट पार्ने षड्यन्त्रमा लागेको आरोप पनि थापाले लगाए । 

उनले दुई तिहाईको दम्भका कारण सरकारले प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता जस्ता नेपाली नागरिकहरुको मौलिक हक र अधिकारमाथि समेत हस्तक्षेप गर्न लागेको आरोप पनि लगाए । उनले नेपाली काँग्रेसले २००७ सालदेखि जनताप्रति उत्तरदायी सरकारको जुन लक्ष्य लिएको थियो । सो लक्ष्य संविधानमा लेख्न सफल भएको भएपनि अहिले कार्यान्वयनको चरणमा कम्युनिष्ट सरकारबाट हुनसक्ने जस्तासुकै अप्रिय निर्णय विरुद्ध पनि जुनसुकै बेला लड्न पर्नसक्ने भएकोले त्यसको लागि तयार रहन समेत उनले कार्यकर्ताहरुलाई सचेत गराए। उनले कम्युनिष्ट सरकारको त्यस्ता हर्कत विरुद्ध लड्न नेविसंघ सधैं तयार रहेको समेत बताए ।

दिप प्रज्वलन कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री प्रचण्ड विक्रम न्यौपाने  गुन्टु, काठमाडौं जिल्ला अध्यक्ष मनोज वैध लगायतले सम्वोधन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ