arrow

ओली सरकारले जनतालाई ढाँट्यो, वृद्धवृद्धाको अपमान गर्यो – डा रावल

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७५ माघ १७ बिहिबार
dr-ranabahadur-rawal-congress.jpg

कैलाली । सुदूरपश्चिम प्रदेशका सांसद् तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् । 

सामाजिक समस्या समन्वय संघर्ष समिति लम्कीको आयोजनामा कैलालीको लम्कीचुहास्थित भल्कामा बुधबार आयोजित बृहत आमसभामा संम्बोधन गर्दै सांसद् रावलले वृद्धवृद्धाको मतले विजयी भएको दुईतिहाइको वर्तमान सरकारले वृद्धवृद्धाको अपमान गरेको बताए ।

 तत्कालिन अवस्थामा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकाले उम्मेरको हदबन्दी ६५ बर्ष र मासिक सामाजिक सुरक्षा भत्ता ५ हजारका दरले  दिने निर्णय गरी सकेको बताउँदै नेता रावलले कम्न्यिुष्टको सरकार गठन भए लगतै दुईतिहाईको दम्भमा निर्णय नै उल्टाई जनतामाथि धोका दिएको आरोप लगाए । 

जनताको अपेक्षा अनुसारको काम गर्नु त परै जाओस, वर्तमान सरकारले जनताको अधिकार समेत खोसि रहेको बताए । सरकार शान्ति सुरक्षा कायम गराउनु साटो बलात्कारी र अपराधिलाई संरक्षण गरी रहेको बताए । 

कञ्चनपुरकी बालिका र्निमला पन्तको हत्यामा संलग्नलाई सरकारले नै संरक्षण गरिरहेको उनले आरोप लगाए । सांसद रावलले देशमा विकासको सट्टा भ्रष्टाचार मौलाउँदै गएको भन्दै चिन्ता ब्यक्त गरे । 

सांसद रावलले जनताको डाढ सेक्ने गरी दिन प्रतिदिन कर बढाइरहेको, महँगी बढ्दै गएको भन्दै सबै जनता गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै सामाजिक समस्या समन्वय संघर्ष समितिका संयोजक रंगनाथ ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । 

वर्तमान सरकारले जेष्ठ नागरीकमाथि अन्याय मात्र नभएर गद्दार गरेको उनले आरोप लगाए । उनले स्थानिय तह र प्रदेश सरकार प्रति आक्रोश ब्यक्त गर्दै निर्वाचनका बेला जनताका माझ बाचा गरेका प्रतिबद्धता निर्बाचित भैसकेपछि बिर्सेको भन्दै आक्रोश ब्यक्त गरे । 

कार्यक्रममा नेपाल विद्यार्थी संघ नेता तथा लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी, तरुण दलका जिल्ला कोषाध्यक्ष महेश विष्ट, नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्ट लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रममा बोल्ने अधिकांश सहभागीले वर्तमान सरकारको आलोचना गर्दै जनविरोधी काम नगर्न चेतावनी दिएका थिए । कार्यक्रममा कार्यक्रममा स्थानिय जेष्ठ नागरिक तथा नगरवासीको उत्साहजनक सहभागिता रहेको थियो । 

संघर्ष समितिका संयोजक रंगनाथ ढकालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव ईश्वरी प्रसाद देवकोटाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ