arrow

शमशेरबहादुर खत्रीलाई सम्झेर गुल्मी कांग्रेसले मनायो शहीद दिवस

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७५ माघ १७ बिहिबार
shamsher-bahadur-khatri.jpg

गुल्मी । नेपाली काँग्रेस गुल्मीले एक कार्यक्रमकाबीच बुधबार शहीद शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहीद शमसेरबहादुर खत्रीको सालिकमा माल्यार्पण गरी शहीद दिवस मनाएको हो । 

जिल्लाको तत्कालिन वाग्लाको किमुखर्कमा जन्मेका शहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा अमरपुर गाविसमा विसं २०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो ।

हत्यापछि उनको शिर छेदन गरी जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरि सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने गरेको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

शहीद खत्रीले प्रजातन्त्रको लागि खेलेको भूमिका अत्यन्तै ठूलो र महत्वपूर्ण रहेको सभापति श्रेष्ठले बताए । उनका नाति शिव केसी अहिले धुर्कोट गाउँपालिकाका उपाध्यक्ष छन् ।  

देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहीदहरुका सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले बिदा दिँदै आएको तर वर्तमान सरकारले बिदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहीद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहीदप्रति अपमान नगर्न सरकारलाई उनले चेतावनी दिए ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रीक एवम् लोकतान्त्रीक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

देशमा निरङ्कुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरी जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अबमूल्यन गरिरहेकोमा नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले दुःख व्यक्त गरे । 

साथै उनले वीर चार शहीदले देश र जनताको लागि हाँसीहाँसी आफ्नो जीवन बलिदान गरेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ