arrow

पाँच वर्षीय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ १७ बिहिबार
balak.jpg

दमक । झापा जिल्लाको दमक नगरपालिका २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालयमा प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।

सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण मंगलबार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् ।

विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको बुबा मोहन अधिकारीले बताए ।

मंगलबार अपरान्ह ४ बजेपछि छोरा घर नफर्के पछि अधिकारी परिवार आत्तिएका थिए । विद्यालयदेखि सधै नियमित फर्कने छोरा घर नआएको भनेर विद्यालयका शिक्षक शिक्षिकाहरुसंग सोध्न पुगेका थिए । 

तर शिक्षकहरुले समेत छोराको अवस्था थाहा नभएको बताएपछि यताउता खोजी गर्दा छोरालाई ताला लगाइएको चर्पीमा रुँदै गरेको अवस्थामा भेटिएको बुबा मोहनले बताए । 

चर्पी खोलेर हेर्दा बालक हिलाम्मे र जाडोले काम्दै गरेको अवस्थामा भेटिएको अधिकारीले बताए । बालक थुनिएपछि चर्पीको ढोका मुनिको खाली भागबाट छिर्ने प्रयास गरे थिए । भित्रबाट चिच्याउँदै चर्पीभित्र रहेका इटाका टुक्राहरु बाहिर फाल्दा पनि नभएपछि कैदी जस्तै रुँदै बसिरहेको अवस्थामा छोरालाई भेटिएको उनले बताए । 

विद्यालयमा आफ्नो छोरा शौचालयमै थुनिएको बिषयमा कुरा राख्दा समेत विद्यालय प्रशासनले चासो नदिएको अधिकारीले गुनासो गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ