arrow

शहिद दिवसमा लमजुङमा दिप प्रज्वलन 

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
lamjung-nsu.jpg

बेसीशहर। शहिद दिवसको अबसरमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघ लमजुङ माबि ईकाईले दिप प्रज्ववलन गरेको छ। नेबिसंघ लमजुङ माबि ईकाईका सभापति सुगम देउजाको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति भेषबहादुर पौडेल थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा शहिदहरुले महत्वपूर्ण भुमिका खेलेको बताउँदै शहिदले देखाएको बाटोमा आफुहरु हिंड्ने बताए। अर्को एक प्रसंगमा उहाँले बर्तमान सरकार भ्रष्ट, दलाल र माफियाको ईसारामा चलेको बताउँदै न्याय र सुसासनका लागि नेबिसंघ शशक्त भएर लाग्न आग्रह गरे। 

पूर्व सभापति कृष्णप्रसाद कोईरालाले नेपालको ईतिहासमा प्रजातन्त्रको स्थापना र संरक्षण गर्नका लागि नेबिसंघले अहम भुमिका खेलेको उल्लेख गर्दै सहिदले देखाएको सपना पुरा गर्न एकताबद्ध भएर नेबिसंघ लाग्नुपर्ने बताए। 

नेपाल बिद्यार्थी संघ लमजुङका प्रभावशाली बिद्यार्थी नेता दीपक अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पूर्व उपसभापति जीवनकुमार श्रेष्ठ, बेसीशहर नगर समितिका सचिब बिमलकुमार श्रेष्ठ, नेबिसंघका जिल्ला सदस्य सुवास अधिकारी, बिद्यार्थी नेता भुवन न्यौपाने, नेबिसंघ मर्स्याङदी क्याम्पस ईकाई, जनबिकास कलेज एबं माबि ईकाई, लमजुङ माबि ईकाई लगायतका शैक्षिक संस्थाबाट झण्डै २ सय बिद्यार्थी सहभागि भएका थिए । 

नेबिसंघले बुधवार नै श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टलाई पनि कालोझण्डा देखाएको छ। नेबिसंघ लमजुङका जिल्ला सदस्य सुवास अधिकारीको नेतृत्वमा गएका बिद्यार्थीको एक टोलीले मन्त्री बिष्टलाई कालोझण्डा देखाउने प्रयास गर्दा प्रहरीसँग मुठभेड समेत भएको थियो । बिद्यार्थी नेता अधिकारीकै नेतृत्वमा यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत दहन गरेको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ