arrow

खोटाङमा पनि नेविसंघको राँके जुलुस

logo
उत्तम चौलागाई।
प्रकाशित २०७५ माघ १८ शुक्रबार
rake_juluss_diktel.jpg

खोटाङ। सरकारको विरोध गर्दै नेविसंघ खोटाङले समाल जुलुस निकालेको छ। 

केपी ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको, पूर्व सभापतिद्वयको नाममा रहेको अस्पताललाई केन्द्र सरकार मातहतमा नराखेको, वाईडवडी जहाज खरिदमा व्यापक भ्रष्टाचार भएको, ३३ किलो सुन प्रकरण ढाकछोप गरेको, अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न तयार नभएको र बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तलाई न्याय दिलाउँन नसकेकोलगायतका विषयमा सरकारको विरोध गर्दै नेविसंघले खोटाङमा  मसाल जुलुस निकालेको हो।

मसाल जुलुसपछि त्रिवेणीचौकमा भएको कोणसभामा नेविसंघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समितिका संयोजक मोतिचन्द्र राई र नेविसंघ जिल्ला कार्य समितिका उपाध्यक्ष नईन्द्र राईले संवोधन गरेका थिए । उनीहरुले जनविरोधी काम गर्ने सरकारलाई तह लगाउन संघ्ष गर्नुपर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ