- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाले आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको जनाइएको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफेन बिएगुनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता बढाउने सबै सामग्री नष्ट गर्न सहमत भएको बताएका हुन् ।
उनले परमाणु निशस्त्रिकरणको प्रक्रियाका बारेमा छलफल गर्न चाहेको बताएका छन् । परमाणु निशस्त्रिकरणका लागि उत्तर कोरियाको परमाणु तथा हतियारको क्षमताका बारेमा जानकारी हुनुपर्ने उनको भनाई छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशले परमाणु निशस्त्रिकरण र सम्बन्ध विकासको विषयमा उत्कृष्ट प्रगति भएको बताएका थिए ।
लामो समयदेखि रोकिएको ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ता भने अझै हुन सकेको छैन । दुई नेताबीच गत वर्ष सिंगापुरमा गोर्खाली सेनाको सुरक्षाबीच पहिलो पटक भेटवार्ता भएको थियो ।
वार्ताको समय र स्थान चाँडै तय गर्ने जनाइएको छ ।