arrow

पुल निर्माणसँगै स्थानीय खुसी

logo
धनबहादुर भण्डारी,
प्रकाशित २०७५ माघ १८ शुक्रबार
dhangad-pul.jpg

डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा स्थानीय वासीन्दा खुसी भएका छन् ।  जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपाली गाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा खोलामा आवत जावतका लागि सहज भएको भन्दै नवदुर्गा गाउँपालिकाका स्थानीय वासीन्दा खुसी भएका हुन् ।

जिल्लाको अमरगढी नगरपालीका र नवदुर्गा गापालीकाको वडा नम्वर १ कोटेली गाउँको सिमानामा रहेको धनगाडमा  पक्की मोटरेवल पुल निर्माण भएको  छ । खोलामा मोटरेवल पुल निर्माण संगै अव गाउँपालिकामा वाह्रौ महिना यातायात संचालनका  लागि सहज हुनुका साथै वर्षातको समयमा आवतजावत गर्नका लागि पनि सहज भएको स्थानीय वासीन्दा भोज वहादुर साउँदले वताए।

वर्षौ देखी धनगाडमा पुल नहुँदा वर्षातको समयमा जोखिम मोलेर खोला तर्नु पर्दथ्यो साउँदले भने अव भने वर्षातको समयमा पनि सहजै रुपमा जिल्ला सदरमुकाम सहित देशका अन्य भागमा जान सक्दछौं ।

जिल्ला सदरमुकाम आउनका लागि गाउँपाकिलाको सहज र छोटो मार्गमा निर्माण भएको यस पुलका कारण नवदुर्गा गाउँपालिका गाउँपालिकामा उत्पादन हुने कृषि जन्य वस्तु वजार सम्म पुगाउँन र वर्षातको समयमा दैनिक उपभोग्य सहित अन्य आवश्यकिय वस्तु पनि गाउँपालिका सम्म पुगाउन सहज भएको अर्का स्थानीय वासीन्दा शेरवहादुर साउँदले वताए ।

धनगडा रुपाली गाड कोटेली पुल डिभिजन सडक कार्यालय कुलपाते डोटीको २ करोड ३३ लाखमा निर्माण भएको उक्त पुलको लम्वाई १८ मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ । सम्झौता भएको मितिले  दुई वर्षमा पुल निर्माण गरि सक्नु पर्ने भए पनि एक वर्ष ढिलो गरि पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

केएस निर्माण सेवाले पुलको निर्माण गरेको हो । पुल निर्माण भएसंगै नवदुर्गा गाउँपालिकाका पाँचवटै वडाका स्थानीय वासीन्दालाई जिल्ला सदरमुकाम  सम्म जानका लागि सहज भएको छ –––धनबहादुर भण्डारी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ