arrow

एक पालिका, एक प्राविधिक शिक्षा : मुख्यमन्त्री

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १८ शुक्रबार
mukyamantri.jpg

जनकपुरधाम। विद्यालय स्तरीय शिक्षाको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र अन्तरक्रिया कार्यक्रम जनकपुर सम्पन्न भएको छ। प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा मुख्यमन्त्री राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बोल्दै एक पालिका एक प्राविधिक शिक्षाको नीतिअनुरुप प्रदेश सरकार अगाडि बढने तर्क राखेको छ ।

नीति आयोग प्रदेश नम्बर दुईले आयोजनामा गरिएको कार्यक्रम  विद्यालयस्तरीय शिक्षाको अवस्था र भविष्यको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार मुख्यमन्त्री राउतले भने प्रदेश सरकारले एक पालिका एक प्राविधिक शिक्षालाई प्राथमिकरण गरेको छ र सोअनुसार नै सरकारले अगाडि बढनेछ ।

राजनीतिक लड़ाई आफूहरुको लड़ाई रहेको तर्क राखदै मुख्यमन्त्री राउतले भने–‘जुन स्थान वा प्रदेशको शिक्षा अवस्था राम्रो हुँदैन, त्यस स्थानको विकास सम्भब नरहेको भन्दै   स्थानीय विद्यालयहरुको दुर्दशा स्पष्ट नीतिको अभावमा भएको बोल्दै मुख्यमन्त्री राउतले विद्यालय स्तरीय शिक्षाको अवस्था दयनीय रहेको तर्क राखे ।

‘हामी निजी विद्यालयतर्फ आकर्षित भएका छौ, सार्वजनिक विद्यालयका शिक्षक दक्ष हुँदाहुँदै पनि पढ़ाई राम्रो हुन नसक्नु दुःखद पक्ष हो’, मुख्यमन्त्री राउतले बताए ।

संघीय सरकारका कारण नै सामुदायिक विद्यालयमा अझै राजनीतिक हावी भएको आरोप लगाउदै मुख्यमन्त्री राउतले विद्यालयका शिक्षकहरु अझै विभिन्न राजनीतिक दलका नेताको घरमा हाजिरी लगाउन जाने गरेको उदाहरण दिएका छन  ।

  मुख्यमन्त्री राउतले अर्को प्रसंगमा  भने अब हामीले निजी विद्यालय र सार्वजनिक विद्यालयबीच के भिन्नता छ, शिक्षा क्षेत्रमा यसको गन्थनमन्थन गर्ने बेला आएका हुन् ।

प्रारम्भिक शिक्षा राम्रो भएन भने बालबालिकाको भविष्य सुरक्षित हुन नसक्ने मुख्यमन्त्री राउतले तर्क राखेका छन  संघीय सरकारका  शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र संघीय सरकारले प्रदेशलाई कट्पुतली  बानाउनेतर्फ उन्मुख रहेको मुख्यमन्त्री राउले आरोप लगाएका छन  ।

उच्च शिक्षादेखि सबै काम गर्ने जिम्मा संबिधानले अब प्रदेशको जिम्मा दिएको जिकिर गर्दै मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयमा प्राविधिक शिक्षातर्फ जोड़ दिनुपर्ने समय  आएको बोल्दै  समाजमा जनशक्ति निर्माण गर्न शिक्षा महत्वपूर्ण क्षेत्र रहेको राउतको तर्क थिए ।

नेपालमा शिक्षासँग खेलवाड़ भइरहेको भन्दै  मुख्यमन्त्री राउतले अहिले नेपालमा शिक्षा माफियाहरु सक्रिय भएको बेला हाम्रो लागि चुनौती पूर्ण समय रहेको तर्क राखे । शिक्षामा राजनीति हुनुहुँदैन, सबैले आफ्नो जिम्मेवारी ईमानदारी साथ निर्वाह गर्नुपर्छ।

नीति आयोगका उपाध्यक्ष डाक्टर  हरिवंश झाको अध्यक्षतामा भएको त्यस अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानवीय सूचकांकले प्रदेश नम्बर दुईलाई देखाए अनुसारको अवस्था छ कि छैन त्यसबारे पुनरावलोकन गर्नुपर्ने  तर्क राखे ।

शिक्षाविद् विद्यानाथ कोइरालाले हाम्रो ऐतिहासिक र सांस्कृतिक  विरासतलाई शिक्षा नीतिमा ल्याउने कि नल्याउने भन्ने प्रश्न गरेका थिए । हाम्रो सम्पूर्ण विरासतलाई खोजिनीति गर्नुपर्छ र त्यसपछि नीति बनाएर पढाउन जान्न सक्नुपर्छ, शिक्षाविद कोइरालाले भने । आफूलाई पढाउने यसै क्षेत्रकाा झा, मिश्र, कर्ण र साहहरु भएको जिकिर गर्दै भने–‘तहगत सोचको अन्त गर्नुपर्छ, भाषा तथा लिपीहरुको जगेर्ना एवं प्रयोग गर्नुपर्ने हुन्छ।

मधेश र मिथिलाको आफ्नै भाषा र लिपी पनि भएको हुँदा लिपीलाई कसरी देवनागरीसँग जोड़ने त्यो महत्वपूर्ण विषय रहेको औल्याउँदै शिक्षाविद कोइरालाले भने, ‘चुनौती भनेको हाम्रो बालबालिकाको भाषा कुन हो र त्यसलाई कसरी नेपाली र अन्य भाषासँग जोड़ने नै महत्वपूर्ण हो ।’

नीति आयोगका उपाध्यक्ष डा. झाले अमेरिका, चीन र भारतलगायतका देश शिक्षाकै कारण नै आज प्रगति पथमा अगाडि बढेको जिकिर गर्दै ऑक्सफोर्डदेखि बनारसको हिन्दू विश्वविद्यालयको उदाहरण दिएका छन  ।

योग शिक्षा, कम्प्युटर शिक्षा, आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा सबैमा हाम्रो राम्रो पहुँच होस भन्नलाई नै आयोगले यस्ता कार्यक्रम गरेर बहस चलाएको उनले जानकारी दिएका छन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ