arrow

दमकमा लोकतान्त्रिक व्यवसायीहरु संगठित

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
loktantrik.jpg

दमक। नेपाली कांग्रेस निकट दमकका उद्योगी, व्यवसायीहरु संगठित भएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा शुक्रबार वनभोजसहितको उद्योगी, व्यवसायीहरुको वृहत भेलाले ववरजंग थापा ( किरण ) को संयोजकत्वमा लोकतान्त्रिक उद्योग वाणिज्य संघ दमक गठन गरेका हुन् ।

लोकतान्त्रिक पक्षधर उद्योगी,व्यवसायीहरुलाई समेट्दै उद्योगी,व्यवसायीहरुको मुद्धालाई शसक्त वनाउन उक्त संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । सर्वसम्मत चयन गरिएको संघको निर्वाचित समितिको नामावली दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईले घोषणा गरेका थिए ।

५१ सदस्यीय गठित तर्दथ समितिको तीन जना सहसंयोजकहरुमा रामचन्द्र वराल,हरि थापा,कल्पना सापकोटा, महासचिवमा मुकुन्द उप्रेती,सचिवमा सञ्जित रौनियर , सहसचिवमा तुलसीराम दंगाल र कोषाध्यक्ष रमा लिम्बु चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा सरस्वती सुव्वा, सञ्जिव वराल,मुकुन्द पोख्र्रेल,टंक ढकाल,मोहन शिवाकोटी, पदम बराल, देवेन्द्र वराल, केदार वस्नेत, दिलीप खरेल ,पशुपति अधिकारी,कमला लुइटेल, शिला लम्साल, प्रकाश नेपाल, विक्की गुरुङ्ग,विशाल अधिकारी, मोहन ढुंगाना, विष्णु सुब्बा लगायत रहेका छन् । यसैगरि विपीन दुलाल, कृष्ण शाह, शेरवहादुर श्रेष्ठ, सोम खनाल, सुनिल वस्नेत, शसीराज विष्ट, नन्दु घिमीरे,युवराज कोइराला, श्याम तिम्सीना, अशोक चौधरी,धनपति भण्डारी, राजेश शाह, दिलु सुब्बा लगायत रहेका छन् ।
 
 यसैगरि सोहि भेलाले दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रोशनकुमार गौतम, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष घनेन्द्र राज योङ्गया र पेट्रोलियम व्यवसायी भुपालराज कटुवाल रहेको तीन सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ । त्यस्तै, संघको कानुनी सल्लाहकारमा शुरेस पोख्र्र्रललाई चयन गरेको छ ।

भेला आयोजक समितिका संयोजक हिरा थापाको अध्यक्षतामा सम्पन्न भेलामा कांग्रेसका नेता राजन बहादुर ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङदेन, महाधिबेशन प्रतिनिधिहरु ,पार्टीका नगर सभापति रोशन विष्ट, नगर तथा जिल्ला सदस्यहरु लगायत उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ