arrow

नेविसंघले प्रधानमन्त्रीको दुरुस्तै पुत्ला बनाएर जलायो जनकपुरमा

logo
रंजन सिंह,
प्रकाशित २०७५ माघ १९ शनिबार
kp-oli-putla.jpg

जनकपुरधाम। नेविसंघ रारा बहुमुखी क्याम्पस ईकाई समितिले जनकपुर उपमहानगरपालिकाको भानु चोक र शिव चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

प्रधानमन्त्रीको दुरुस्तै पुत्ला बनाइ नेविसंघका नेता कार्यकर्ताहरुले जनकपुरमा जलाएका हुन्। 

संघको पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघ रा.रा.ब. ईकाई समिति अध्यक्ष सुजित यादवको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।

कार्यक्रममा नेबिसंघका नेता पुष्पेन्द्र गोइत, सुमन्त यादव, सजय यादव, सन्जीव यादव, अमरेस यादव, घनश्याम झा राजु, राजेश कर्ण, सुमन ठाकुर, निरज बिक्रम, मनिष यादव, फिरोज खान, रवि साह, निरज गुप्ता, चन्दन राज शर्मा, रवि यादव सहितका नेविसंघका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साह, रमेश कुमार यादव, अजित झा, रुद्र नारायण साह, भरत साह, सुजित झा, जितेन्द्र साह जितनारायण,बलराम साह, राहुल निधि लगायतको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नेवि संघका नेता पुष्पेन्द्र गोईतले जनतालाई सुरक्षा दिन नसकेका केपी ओली नेतृत्वको सरकार असफल भएको बताए। उनले निर्मला पन्तको हत्यारालाई सरकारले संरक्षण दिएको बताए।

 वाईडबडी घोटालामा लिप्त सरकार गरिब जनतालाई न्याय दिन नसक्नु दुःखद रहेको उनले बताए । उनले नैतिकताका आधारमा सरकारले राजीनामा दिनुपर्ने माग गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ