arrow

खोटाङ नेविसंघले पनि जलायो प्रधानमन्त्रीको पुत्ला

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
putla-kp.jpg

खोटाङ। खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।

नेपाल विद्यार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समिति खोटाङ र नेविसंघ दिक्तेल बहुमुखी क्याम्पस ईकाई समितिले संयुक्त रुपमा सदरमुकाम दिक्तेलस्थित संगमपार्कमा सरकारको विरोधमा नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघ नगर कार्य समितिका संयोजक मोतिचन्द्र राईले जानकारी दिए। 

पुत्ला दहन कार्यक्रमलाई नेविसंघका नेता राजन भट्टराईले संवोधन गरेका थिए ।

सरकारले बहुमतको आडमा जनविरोधी माफियाको पक्षमा चिकित्सा शिक्षा विधेयक पास गरेको र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएर गलत गरेको भन्दै पुत्ला दहन गरिएको भट्टराईले बताए।

नेविसंघले यसअघी पनि विभिद कार्यक्रम गरि सरकारको विरोध जारी राखेको छ। नेविसंघले यसअघी विहिवार साँझ दिक्तेबजार मसाल जुलुस निकालेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ